दमकका भण्डारीले गरे आफ्नै श्रीमतीको हत्या

 लिम्बुवान न्युज
                       

दमक/ झापा दमक १ का चुडामणी भण्डारीले आज साँझ आफनै श्रीमतिको हत्या गरेका छन ।

कमल ६ स्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जनाएका छन ।

भण्डारीले के कति कारणले श्रीमतिको हत्या गरेका हुन भन्ने बारे थप अनुसन्धान भइरहेको जनाइएको छ । यद्यपी घटनास्थलमा अर्का एक पुरुषले केही सामाग्री छोडेर भागेको स्थानीयहरुले बताएका छन । फरार भएका ति पुरुषका बारेमा थप केही थाहा हुन सकेको छैन ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;