मंसिर ९ देखि कक्षा १२ काे परीक्षा शुरू हुँदै, झण्डै १८ हजारले होम सेन्टरबाट परीक्षा नदिने

 लिम्बुवान न्युज
                       

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा मंगलबार देखि सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । 
देशभरिकाे  ४ हजार १ सय पाँचवटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् ।

तर सबै विद्यार्थीले ‘होम सेन्टर’ भने रोजेका छैनन् । १७ हजार ९०२ विद्यार्थीले फरक जिल्लाका विद्यालयबाट परीक्षा दिन आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

बोर्डले आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरेको हाे ।

सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन् । पछि पनि परीक्षा दिने व्यवस्था मिलाइएकाे हुँदा काेराेना संक्रमित परीक्षार्थीलाई मंगलबार सुरु हुने परीक्षामा सहभागी नहुन पौडेलले आग्रह गरेका छन् ।

मंगलबार विहान ८ बजेबाट सुरू हुने परीक्षाका लागि याे बर्ष ४ लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् । काेराेनाका कारण यस बर्ष परीक्षा बोर्डले ४० पूर्णाङ्कको परीक्षा मात्र लिने यस अघि नै बताइसकेकाे छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...