दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

 लिम्बुवान न्युज
                       

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन ।
बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन । मन्त्री श्रेष्ठले

त्यस अवसरमा दमकको भ्यूटावर देशभरमै पहिलो महत्वको भ्यू टावर भएको पनि उल्लेख गरे । मन्त्री श्रेष्ठले भने–यो भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर हो ।

निरिक्षणमा मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी, मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारीहरु संलग्न थिए ।

तस्वीरः निश्कर्ष न्यूज

मन्त्री श्रेष्ठसहितका उच्च अधिकारीहरुलाई दमककी उपप्रमुख गीता अधिकारी, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र दमक ३ का वडाध्यक्ष नविन बरालसहित स्थानीयहरुले फूलमाला लगाएर स्वागत गरेका थिए ।

भ्यू टावरको करिब ३० प्रतिशत काम पुरा भएको बताईएको छ । माटोको सतहमुनिको काम पुरा भएर माथिल्लो तहमा ढलाई गर्ने चरणमा रहेको सम्बद्ध निर्माण पक्षले जनाएको छ ।

राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा रहेको सो भ्यू टावर व्यवसायिक भ्यू टावर हो । चालू आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैया विनियोजन गरिसकेको छ । करिब अर्ब भन्दा बढीको सरकारी लगानी रहने बताइएको उक्त टावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ ।

सो भ्यू टावर निर्माणका लागि दमकका स्थानीयहरुले ५ बिगाह जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । २५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने जनाईएको छ । यो भ्यू टावर निर्माणपछि त्यहा विदेशी पर्यटकहरु समेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी आजै मन्त्री श्रेष्ठले दमकको निर्माणाधिन दमक सभा गृह, दमक बसापार्क र आजै गौरादह र गौरीगञ्जमा समेत मन्त्रालय अन्तर्गतका चालू तथा सम्पन्न भएका योजनाहरुको स्थलगत जानकारी लिएका थिए ।

यता जनस्तरमा कोरोना भाइरसको यस्तो महामारीमा सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्नेमा विभिन्न ठाउँहरुमा भ्यू टावर निर्माणको नाममा अर्बौ पैसा खर्च गरेको भनेर गुनासाहरु प्रसस्तै आइरहेको छ । हालै सामाजिक सञ्जालमा आवस्किार केन्द्रका अध्यक्ष महावीर पुनले टेम्के डाँडामा भ्यू टावर होइन जनतालाई राम्रो अस्पताल र उपचार चाहिको अभिव्यक्ति दिएका थिए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...