दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

 लिम्बुवान न्युज
                       

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन ।
बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन । मन्त्री श्रेष्ठले

त्यस अवसरमा दमकको भ्यूटावर देशभरमै पहिलो महत्वको भ्यू टावर भएको पनि उल्लेख गरे । मन्त्री श्रेष्ठले भने–यो भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर हो ।

निरिक्षणमा मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी, मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारीहरु संलग्न थिए ।

तस्वीरः निश्कर्ष न्यूज

मन्त्री श्रेष्ठसहितका उच्च अधिकारीहरुलाई दमककी उपप्रमुख गीता अधिकारी, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र दमक ३ का वडाध्यक्ष नविन बरालसहित स्थानीयहरुले फूलमाला लगाएर स्वागत गरेका थिए ।

भ्यू टावरको करिब ३० प्रतिशत काम पुरा भएको बताईएको छ । माटोको सतहमुनिको काम पुरा भएर माथिल्लो तहमा ढलाई गर्ने चरणमा रहेको सम्बद्ध निर्माण पक्षले जनाएको छ ।

राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा रहेको सो भ्यू टावर व्यवसायिक भ्यू टावर हो । चालू आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैया विनियोजन गरिसकेको छ । करिब अर्ब भन्दा बढीको सरकारी लगानी रहने बताइएको उक्त टावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ ।

सो भ्यू टावर निर्माणका लागि दमकका स्थानीयहरुले ५ बिगाह जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । २५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने जनाईएको छ । यो भ्यू टावर निर्माणपछि त्यहा विदेशी पर्यटकहरु समेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी आजै मन्त्री श्रेष्ठले दमकको निर्माणाधिन दमक सभा गृह, दमक बसापार्क र आजै गौरादह र गौरीगञ्जमा समेत मन्त्रालय अन्तर्गतका चालू तथा सम्पन्न भएका योजनाहरुको स्थलगत जानकारी लिएका थिए ।

यता जनस्तरमा कोरोना भाइरसको यस्तो महामारीमा सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्नेमा विभिन्न ठाउँहरुमा भ्यू टावर निर्माणको नाममा अर्बौ पैसा खर्च गरेको भनेर गुनासाहरु प्रसस्तै आइरहेको छ । हालै सामाजिक सञ्जालमा आवस्किार केन्द्रका अध्यक्ष महावीर पुनले टेम्के डाँडामा भ्यू टावर होइन जनतालाई राम्रो अस्पताल र उपचार चाहिको अभिव्यक्ति दिएका थिए ।

 

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;