ललितपुर। किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जात/जाति, मातृभाषा र पुर्खाको भाषामा ‘लिम्बु’ र धर्मको महलमा ‘किरात’ लेख्न/लेखाउन लिम्बु समुदायसँग अपिल गरेको छ ।
चुम्लुङले राजनीतिक तथा सांस्कृतिक आन्दोलन अघि बढाउनका लागि समेत तथ्यांक महत्वपूर्ण हुने भन्दै अब हुने जनगणनामा जात/जाति र मातृभाषाको महलमा हालसम्म स्थापित तथा परिचित ‘लिम्बु’ नै लेख्नुपर्ने उल्लेख गरेको छ ।
लिम्बु समुदायका कतिपयले जातिको महलमा ‘याक्थुङ’ लेख्नुपर्ने तर्क गरिरहेको अवस्थामा चुम्लुङले जनगणनामा संख्या घट्ने वा घटाउने खालका कुनै तर्क वा बहसमा अहिले नलाग्न अपिल गरेको छ । चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेमले सोमबार ३ पेजको अपिलपत्र जारी गरेका छन् ।
राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष रहेको वनेमले उल्लेख गरेका छन् ।
‘अधिकार लडेर लिनलाई जनसंख्या जरुरी छ,’ उनले लेखेका छन्, ‘जनगणना विकासको आधार हो, पहिचानको आधार हो । जनसंख्या शक्तिको स्रोत हो । राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष हो । जनसंख्या संकलनको समय र सन्दर्भमा अन्य विषयलाई प्रमुख मानी तर्क, बहस र विकल्पहरुमा अल्मलियौ भने परिणामतः जनसंख्या कमजोर बन्छ ।’
चुम्लुङले ‘मजबुद विश्वसनीय लिम्बु जनसंख्या निर्माणको लागि जनगणनामा सहभागी बनौ’ बोलको नारा समेत निर्माण गरेको छ ।
२०६८ सालको जनगणनाको तथ्यांक अनुसार नेपालमा लिम्बुहरुको जनसंख्या ३ लाख ८७ हजार ३०० छ । जनसंख्याको आधारमा लिम्बुहरु १४औं स्थानमा छन् ।
नेपालमा किरात धर्म मान्नेहरुको संख्या भने ३.१ प्रतिशत मात्र देखिएको छ । किरात धर्म नेपालको धर्महरुमा चौथो स्थानमा छ ।
नेपालमा पछिल्लो दशक मात्र किरात लगायत आदिवासी समुदायमा जातीय तथा सांस्कृतिक चेतना बढ्न थालेको हो ।
अहिले पनि नेपालका ग्रामिण क्षेत्रका आदिवासीहरुले चेतना अभावमा आफूहरु हिन्दु नै भएको ठान्दछन् ।
दमक । याक्थुङ साहित्य प्रतिष्ठानले दमक–१ स्थित येहाङनगरबाट ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ विज्ञप्ति मार्फत जारि गरेको छ । गत शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेसनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष सेसेमी से नाल्बो र महासचिव...
लिम्बुवानखबर । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको...
न्यूयोर्क क्वीन्स। अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरु एकजुट भएका छन् । आइतबार मणि बाङदेल राईको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ ।“साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ ।” भन्ने नाराका साथ भेला भएको...
दमक। सरकारले आदिवासी जनजाति माथिको औपनिवेशिक नीति रोक्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले चेतावनी दिएको छ । आदिम सृष्टिकालदेखिनै ताप्लेजुङ् जिल्लामा अवस्थित मुक्कुमलुङ हिमालको नाम परिवर्तन गरी पर्वते भाषाकरण गरेकोमा त्यसको विरोध...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२