२०७८ सालमा हुने राष्ट्रिय जनगणनामा किरात धर्म लेख्न चुम्लुङकाे अपिल

,   लिम्बुवान न्युज
                       

ललितपुर। किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जात/जाति, मातृभाषा र पुर्खाको भाषामा ‘लिम्बु’ र धर्मको महलमा ‘किरात’ लेख्न/लेखाउन लिम्बु समुदायसँग अपिल गरेको छ ।

चुम्लुङले राजनीतिक तथा सांस्कृतिक आन्दोलन अघि बढाउनका लागि समेत तथ्यांक महत्वपूर्ण हुने भन्दै अब हुने जनगणनामा जात/जाति र मातृभाषाको महलमा हालसम्म स्थापित तथा परिचित ‘लिम्बु’ नै लेख्नुपर्ने उल्लेख गरेको छ ।

लिम्बु समुदायका कतिपयले जातिको महलमा ‘याक्थुङ’ लेख्नुपर्ने तर्क गरिरहेको अवस्थामा चुम्लुङले जनगणनामा संख्या घट्ने वा घटाउने खालका कुनै तर्क वा बहसमा अहिले नलाग्न अपिल गरेको छ । चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेमले सोमबार ३ पेजको अपिलपत्र जारी गरेका छन् ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष रहेको वनेमले उल्लेख गरेका छन् ।

‘अधिकार लडेर लिनलाई जनसंख्या जरुरी छ,’ उनले लेखेका छन्, ‘जनगणना विकासको आधार हो, पहिचानको आधार हो । जनसंख्या शक्तिको स्रोत हो । राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष हो । जनसंख्या संकलनको समय र सन्दर्भमा अन्य विषयलाई प्रमुख मानी तर्क, बहस र विकल्पहरुमा अल्मलियौ भने परिणामतः जनसंख्या कमजोर बन्छ ।’

चुम्लुङले ‘मजबुद विश्वसनीय लिम्बु जनसंख्या निर्माणको लागि जनगणनामा सहभागी बनौ’ बोलको नारा समेत निर्माण गरेको छ ।

२०६८ सालको जनगणनाको तथ्यांक अनुसार नेपालमा लिम्बुहरुको जनसंख्या ३ लाख ८७ हजार ३०० छ ।  जनसंख्याको आधारमा लिम्बुहरु १४औं स्थानमा छन् ।

नेपालमा किरात धर्म मान्नेहरुको संख्या भने ३.१ प्रतिशत मात्र देखिएको छ । किरात धर्म नेपालको धर्महरुमा चौथो स्थानमा छ ।

नेपालमा पछिल्लो दशक मात्र किरात लगायत आदिवासी समुदायमा जातीय तथा सांस्कृतिक चेतना बढ्न थालेको हो ।
अहिले पनि नेपालका ग्रामिण क्षेत्रका आदिवासीहरुले चेतना अभावमा आफूहरु हिन्दु नै भएको ठान्दछन् ।

अपिल-पत्र

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;