दमकमा लैंगिक हिंसा विरुद्धकाे १६ दिन अभियानको भर्चुअल उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक/ झापाकाे दमक नगरपालिकाले  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गरिएको छ । कार्यक्रम भर्चुअल माध्यमद्वारा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता’ भन्ने नारा सहित अभियानको उद्घाटन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । दमक नपा मूल आयोजक र अन्य विभिन्न संस्थाहरुको समन्वय रहेको कार्यक्रम नगरपालिकाका उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको हाे ।

कार्यक्रममा मन्त्री श्रेष्ठले लैंगिक हिंसा विरुद्ध प्रत्येक व्यक्ति र परिवार प्रतिवद्ध हुनु पर्ने बताए । उनले सबै प्रकारका हिंसाका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भई रहेको भन्दै हिंसा विरुद्ध सरकारले शुन्य सहनशिलता अपनाएको र त्यसैको परिणाम स्वरुप एसिड आक्रमण विरुद्ध कडा कानून ल्याईएको बताएका छन् ।

यसैगरी विशिष्ट अतिथीको रुपमा रहनुभएका प्रदेश १ का योजना तथा सुशासन समिति सभापति तथा प्रदेश सदस्य अर्जुन राईले हिंसालाई सधैका लागि अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताए ।

कार्यक्रमकाे स्वागत मन्तव्य राख्दै नपाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले कोरोनाको महामारीका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको बताए ।

अभियानको उद्घाटन कार्यक्रममा भर्चुअल रुपममानै कदम थिएटरका कलाकारहरुले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा वक्ताहरुले भुर्चअल रुपमानै आफ्ना मन्तव्य राखेका हुन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...