दमकमा लैंगिक हिंसा विरुद्धकाे १६ दिन अभियानको भर्चुअल उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक/ झापाकाे दमक नगरपालिकाले  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गरिएको छ । कार्यक्रम भर्चुअल माध्यमद्वारा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता’ भन्ने नारा सहित अभियानको उद्घाटन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । दमक नपा मूल आयोजक र अन्य विभिन्न संस्थाहरुको समन्वय रहेको कार्यक्रम नगरपालिकाका उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको हाे ।

कार्यक्रममा मन्त्री श्रेष्ठले लैंगिक हिंसा विरुद्ध प्रत्येक व्यक्ति र परिवार प्रतिवद्ध हुनु पर्ने बताए । उनले सबै प्रकारका हिंसाका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भई रहेको भन्दै हिंसा विरुद्ध सरकारले शुन्य सहनशिलता अपनाएको र त्यसैको परिणाम स्वरुप एसिड आक्रमण विरुद्ध कडा कानून ल्याईएको बताएका छन् ।

यसैगरी विशिष्ट अतिथीको रुपमा रहनुभएका प्रदेश १ का योजना तथा सुशासन समिति सभापति तथा प्रदेश सदस्य अर्जुन राईले हिंसालाई सधैका लागि अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताए ।

कार्यक्रमकाे स्वागत मन्तव्य राख्दै नपाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले कोरोनाको महामारीका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको बताए ।

अभियानको उद्घाटन कार्यक्रममा भर्चुअल रुपममानै कदम थिएटरका कलाकारहरुले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा वक्ताहरुले भुर्चअल रुपमानै आफ्ना मन्तव्य राखेका हुन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;