झापामा थप दुइकाे काेराेनाबाट मृत्यु, जिल्लामा मर्नेकाे संख्या १०५ पुग्याे

 लिम्बुवान न्युज
                       

दमक। झापाकाे दुइ स्थानीय तह विर्तामाेड नपा र शिवसताक्षी नपामा एक–एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२ वर्षिय देवप्रकाश लिम्बू रहेका छन् ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा कार्कीको आज बिहान ५ः५० बजे मृत्यु भएको हो । मंसिर ७ गते पिसिआर परीक्षण गराएका उनको रिपोर्ट ८ गते पोजिटिभ आएको थियो । उनको लासलाई ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको बिर्तामोड नगरपालिकाले जनाएकाे छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा ११ पुगेको छ ।

त्यस्तै गएकाे राती शिवसताक्षीका बुद्ध लिम्बूको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारकाे क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ७ गते कोशी अस्पताल विराटनगरमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १०५ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएकाे छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...