चुलाचुलीमा यलम्बरकाे शालिक निर्माण अन्तिम चरणमा

 लिम्बुवान न्युज
                       

चुलाचुली। ईलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिका २काे स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

प्रथम किराती राजा यलम्बरकाे पूर्ण कदकाे शालिक निर्माणकाे ९० प्रतिशत काम सकिन लागेकाे निर्माण समितका अध्यक्ष सञ्जय सुब्बाले बताएका छन् । शालिक निर्माणका लागि स्वादेश तथा विदेशमा रहदै आउनु भएका सहयोगी दाताहरु सहयोग जुटाइ निर्माण हुन लागेको अध्यक्ष सुब्बाले बताए ।

करिब १२ लाख बजेटमा निर्माण सम्पन्न गर्न लागिएको उक्त शालिकको उचाई सात फिटकाे रहने शालिकलाइ मूर्तिकार रोजन राईले बनाउनु भएको हो ।

स्थानीय सरकारबाट आर्थिक सहयोग नभएको गुनासो गरिरहेका शालिक निर्माण समितिले अनावरणको कार्यक्रम हुने समयसम्म इच्छुक व्यक्तिहरुले आर्थिक सहयोग गर्न सक्नु हुने जानकारी गराएका छन् ।

मार्बल फिटिङ्, कम्पाउण्ड, शिलालेख र बत्ति जडान लगायतको हुन बाँकी रहेको काम अबकाे डेड महिना भित्रमा सकेर उक्त शालिककाे अनावरण कार्यक्रम गरिने निर्माण समितिका अध्यक्ष सुब्बाले बताएका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...