चुलाचुलीमा यलम्बरकाे शालिक निर्माण अन्तिम चरणमा

 लिम्बुवान न्युज
                       

चुलाचुली। ईलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिका २काे स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

प्रथम किराती राजा यलम्बरकाे पूर्ण कदकाे शालिक निर्माणकाे ९० प्रतिशत काम सकिन लागेकाे निर्माण समितका अध्यक्ष सञ्जय सुब्बाले बताएका छन् । शालिक निर्माणका लागि स्वादेश तथा विदेशमा रहदै आउनु भएका सहयोगी दाताहरु सहयोग जुटाइ निर्माण हुन लागेको अध्यक्ष सुब्बाले बताए ।

करिब १२ लाख बजेटमा निर्माण सम्पन्न गर्न लागिएको उक्त शालिकको उचाई सात फिटकाे रहने शालिकलाइ मूर्तिकार रोजन राईले बनाउनु भएको हो ।

स्थानीय सरकारबाट आर्थिक सहयोग नभएको गुनासो गरिरहेका शालिक निर्माण समितिले अनावरणको कार्यक्रम हुने समयसम्म इच्छुक व्यक्तिहरुले आर्थिक सहयोग गर्न सक्नु हुने जानकारी गराएका छन् ।

मार्बल फिटिङ्, कम्पाउण्ड, शिलालेख र बत्ति जडान लगायतको हुन बाँकी रहेको काम अबकाे डेड महिना भित्रमा सकेर उक्त शालिककाे अनावरण कार्यक्रम गरिने निर्माण समितिका अध्यक्ष सुब्बाले बताएका छन् ।

सम्बन्धित समाचार

चैत्र २५ देखि संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने

दमक, १६ चैत्र । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीले निर्णायक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगर केन्द्रित...

कोशी प्रदेश नामाङकनको विरोधमा संघर्ष समितिद्वारा स्थानीय तहमा तालाबन्दी

दमक, १४ चैत । कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य...

लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ्)लाई शहीद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति...

विराटनगरमा पहिचानवादीहरुको आन्दोलन, हवाई फायर र अश्रुग्याँस प्रहार, २९ भन्दा धेरै घाइते

विराटनगर, १४ चैत्र । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् । दिगो...