चुलाचुलीमा १५ शैंयाकाे अस्पताल निर्माण गरिने

 लिम्बुवान न्युज
                       

चुलाचुली। इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । १५ शैयाको उक्त अस्पतालको
१ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाद्वारा शिल्यान्यास हुने वताइएको छ ।

सबै स्थानिय तहमा १५ शैयाको अस्पाताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार यहि मंसिर १५ गते २ न। वडाको बाह्रगोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिल्यान्यास गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी मन्त्री रानाले वडा नम्वर १ र २ को सिमानामा पर्ने कुमाले खोलामा निर्माण हुन लागेको पक्कि पुलको समेत शिल्यान्यास गर्ने कार्यक्रम रहेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिनुभएको छ ।

उक्त अस्पताल १८ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण हुने बताइएको छ । त्यसैगरी सोही दिन शिल्यानास गरिने पुलको निर्माण लागत ३ करोड ३१ लाख ८३ हजार ९२२ रुपैयाँ रहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।

गाउँपालिकाले गुरू योजनाको रूपमा यसै चालु आर्थिक वर्षमा सुरु गरेका योजनाहरू मध्ये हिमाली मार्ग हुदै तिनकुने पोखरी सम्म जाने १ करोड रुपैयाको लागतमा ८ सय मिटरको कालोपत्रे सडक निर्माण सुरु गर्ने तयारीमा रहेको छ भने गाउँपालिका भवन देखी सिम्लेसम्म जाने सडक १ करोड रुपैयाँको लागतमा ८ सय मिटर सडकको समेत निर्माण गरिने प्रशासकीय अधिकृत राईले बताएका छन् । उनले गाउँपालिका भवनको दोश्रो तला बनाउन १ करोड ७१ लाख रुपैयाँ छुट्टाइएको साथै वडा नम्वर १, ३, ४ र ५ को वडा कार्यलय भवनहरू घेराबारा गर्न ८० लाख रुपैयाँ बिनियोजन गरिएको बताएका छन् ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...