चुलाचुलीमा १५ शैंयाकाे अस्पताल निर्माण गरिने

 लिम्बुवान न्युज
                       

चुलाचुली। इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । १५ शैयाको उक्त अस्पतालको
१ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाद्वारा शिल्यान्यास हुने वताइएको छ ।

सबै स्थानिय तहमा १५ शैयाको अस्पाताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार यहि मंसिर १५ गते २ न। वडाको बाह्रगोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिल्यान्यास गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी मन्त्री रानाले वडा नम्वर १ र २ को सिमानामा पर्ने कुमाले खोलामा निर्माण हुन लागेको पक्कि पुलको समेत शिल्यान्यास गर्ने कार्यक्रम रहेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिनुभएको छ ।

उक्त अस्पताल १८ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण हुने बताइएको छ । त्यसैगरी सोही दिन शिल्यानास गरिने पुलको निर्माण लागत ३ करोड ३१ लाख ८३ हजार ९२२ रुपैयाँ रहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।

गाउँपालिकाले गुरू योजनाको रूपमा यसै चालु आर्थिक वर्षमा सुरु गरेका योजनाहरू मध्ये हिमाली मार्ग हुदै तिनकुने पोखरी सम्म जाने १ करोड रुपैयाको लागतमा ८ सय मिटरको कालोपत्रे सडक निर्माण सुरु गर्ने तयारीमा रहेको छ भने गाउँपालिका भवन देखी सिम्लेसम्म जाने सडक १ करोड रुपैयाँको लागतमा ८ सय मिटर सडकको समेत निर्माण गरिने प्रशासकीय अधिकृत राईले बताएका छन् । उनले गाउँपालिका भवनको दोश्रो तला बनाउन १ करोड ७१ लाख रुपैयाँ छुट्टाइएको साथै वडा नम्वर १, ३, ४ र ५ को वडा कार्यलय भवनहरू घेराबारा गर्न ८० लाख रुपैयाँ बिनियोजन गरिएको बताएका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...