१३ गते नेकपाकाे सचिवालय बैठक बस्दै, अध्यक्षहरू एकअर्कामा आमनेसामने हुँदै

,   लिम्बुवान न्युज
                       

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ ।

सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्‍याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी ओलीले प्रतिवेदन तयार गरिरहेकाे वताइएकाे छ । दुइ अध्यक्षहरूकाे प्रतिवेदन आमनेसामने हुने बैठकलाइ धेरै महत्वका साथ हेरिएकाे छ ।

प्रम तथा पार्टी अध्यक्ष ओलीले तयार गरेको प्रतिवेदनमा अध्यक्ष प्रचण्डले गत ३ गते सचिवालयमा पेश गरेको एक एक गरी जवाफ दिने प्रयास गर्ने वताइएकाे छ । साथै ओलीले पनि आफ्नो प्रतिवेदनमा प्रचण्डलाई विभिन्न आरोप लगाउनुको साथै युद्व अपराधको नाममा हेगसम्म पुर्याउन सकिने विषय समेत बताइएकाे छ ।

यसरी समग्रमा हेर्दा ओलीले प्रचण्डलाई तर्साएर प्रतिवेदन फिर्ता लिन बाध्य बनाउने रणनीति लिएको बुझ्न सकिन्छ । यद्दपी प्रधानमन्त्री ओलीको प्रतिवेदनपछि पार्टी विवाद थप चुलिने आंकलन गर्न थालिएकाे छ । दाहालले ओलीलाई पार्टी पद्धती र विधान अनुरुप नचलाएको आरोप प्रतिवेदनमा लगाएका छन् ।

पार्टीभित्र विवाद चुलिदै जाँदा नेपाका अध्यक्ष ओली र दाहाल एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओली पक्षले पटक-पटक गरेको आग्रहलाई वेवास्था गर्दै प्रचण्ड माधव समूहले सचिवालयमा प्रस्तुत प्रतिवेदन तल्ला कमिटीमा बाँडेकोले नेकपा फुटको दिशामा रहेको आँकलन गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;