काठमाडौंको गोकर्णेश्वर ३ मा दलित शिल्पी मञ्च गठन

,   लिम्बुवान न्युज
                       

काठमाडौं। संघीय दलित शिल्प मञ्चको गोकर्णेश्वर ३ मा वडा मञ्च गठन भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गतको दलित मञ्चद्वारा आज  भेटघाट, अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम समेत आयोजना गरेकाे हाे ।

संघीय दलित शिल्पी मन्चका महासचिव शर्मिला बागचन्दको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको संघीय शेर्पा मञ्चका ग्याल्जेन शेर्पाले गरेका थिए ।

दलित शिल्पी जाती माथि राज्यले गरेको विभेदको विरुद्ध यस मञ्चमा एकताबद्ध भई राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाउने उपयुक्त संगठन र समय यहि भएको हुँदा तमाम दलितजातीहरु यो मञ्चमा आउन कार्यक्रमका प्रमुख अतिथि बागचन्दले अनुरोध गरेकि छन् । कार्यक्रममा शेर्पा मञ्चका दाबा सेर्पा, निमा ग्याल्जेन त्यसैगरी दलित शिल्पी मञ्चका हिरा परियर, रमेश दर्जी र ज्ञान बहदुर नेपालीले आ–अफ्नो भनाइ राखेका थिए । कार्यक्रममा निमा सेर्पाको स्वागत मन्तव्य रहेको थियो ।

विभिन्न पार्टी परित्याग गरी संघीय दलित शिल्पी मञ्चमा अबद्ध भएको उक्त कार्यक्रममा शिल्पी मन्चका राजेन्द्र मोते, लिम्बुवान मन्चका सुर्य लिम्बू, सुजन सेर्पा, रनधोज लिम्बू, लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

संघीय सामुदायिक समाजवाद, संघीय सह–अस्तित्ववाद र संघीय इको इकोनोमीलाई स्विकार्दै आफ्नो समुदायको आवाज आफै बुलन्द गर्न प्रतिबद्धताका साथ गोकर्णेश्वर वडा नं. ३ मा ज्ञान बहादुर नेपालीको अध्यक्षतामा संघीय दलित शिल्पी मञ्च गठन भएको छ ।

त्यस्तै समितिको बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर दर्जी, उपाध्यक्ष प्रज्वल नेपाली, सचिव हिरा परियार, सह–सचिव सुनिता दर्जी, कोषाध्यक्षमा सन्जिता परियार त्यसैगरी सदस्यहरुमा झम्कमाया दर्जी, राम बहादुर दर्जी, राजेन्द्र मोहते, मंगल बि.क., सीता दर्जी, जीत बहादुर बि.क., टिका बहादुर परियार, बच्चु परियार, रामकुमारी बि.क., श्रीजना भुसाल र रामबहादुर मोहते रहेका छन् भने सल्लाहकारमा सौगात परियार चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि संघीय दलित शिल्पी मञ्चका महासचिव बागचन्दले मञ्चको विधान अनुसार सफतग्रहण गराएकी थिइन् ।

तस्वीरः शर्मीला बागचन्दकाे फेसबुकबाट

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;