राजेश पायलले ल्याए जुकबक्समा १० घण्टा निरन्तर सुन्न सकिने गिती संगालाे

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाली सांगीतिक आकाशमा संम्भवत एकक्षत्र राज गरिरहेका ‘राई इज किङ’का रुपमा चर्चित नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राई गीतमात्र होइन, कामसमेत फरक गर्न रुचाउने गायक हुन् । गायनमा चर्चा र व्यस्तताका बाबजुद पनि समाजसेवा तथा विभिन्न कृयाकलापहरूमा सधै सक्रिय पात्र हुन् ।

उनले यसपटक केही फरकरुपमा चर्चामा आउने काम गरेका छन् । राइले आफ्नो अफिसियल यु–ट्युब च्यानल ‘दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रालि’मा आफ्ना गीतहरुको संगालो जुकबक्समा ल्याएका हुन् । १० घण्टा १८ मिनेट लामो उक्त जुकबक्स सम्भवतः संसारकै लामो जुकबक्स भएको उनको दावी छ ।

गायक राइले ‘बेस्ट अफ राजेशपायल राई’ शीर्षकमा अपलोड गरिएको जुकबक्सको क्याप्सनमै ‘मस्ट लार्जेस्ट सङ्स कलेक्शन इन द वल्ड’ लेखेका छन् ।

उनका अधिकांश गीतहरू यस जुकबक्समा अँटाएका छन् । म्युजिक नेपालमा निहित गीतबाहेक हालसम्मका अधिकांश गीतहरू एउटै जुकबक्सबाट नन् स्टप सुन्न सकिने उनले बताए ।

लामो समययता नेपाली सांगीतिक क्षेत्रमा एकछत्रजस्तो राज गर्दै आएका राजेशपायलले हालसम्म कति गीतमा स्वर दिए भन्ने उनैलाई समेत थाहा नभएकाे बताउँदै यस जुकबक्सकाे माध्यमबाट अलि सहज हुने बताउँछन् ।

हरेक शैली र भाषामा गीत गाउँदै आएका राजेशपायल यतिखेर भने ‘दर्शन नमस्ते–५’ ल्याउने तयारीमा जुटेकाे बताए । उनले हालसम्म हजारौँ गीत गाइसके छन् भने उनका दर्जनौँ एल्बम प्रकाशित छन् ।

https://www.youtube.com/watch?v=LgLyH1pA2Go&feature=emb_logo

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...