चतुरे-इभाङ-गजुरमुखी सडक कालोपत्रेको काम तिब्र

 लिम्बुवान न्युज
                       

माङसेबुङ। ईलामकाे माङसेबुङ गाउँपालिकामा पर्ने दमक चिसाेपानी रबि (फाल्गुनन्द मार्ग) सडकसँग जाेडिएकाे  चतुरे-ईभाङ-गजुरमुखी  सडक कालोपत्रेको काम तीब्र पारिएकाे छ ।

करिब साढे १३ किमी लम्बाईको सो सडकको सब ग्रेड, सब बेस, बेस नाली वाल लगायतका कामहरू भइ करिब ७० प्रतिशत काम पूरा भएको सो सडकका ईन्जीनियर नारायण बस्नेतले जानकारि दिएका छन् ।

उक्त सडक निर्माणले त्यस क्षेत्रका बासिन्दा हर्षित र उत्साहित भएका छन् । स्थानीय स्तरमा होटल, खाजाघर, किराना पसल साथै अन्य व्यापार व्यवसाय गर्नेको संख्या दिनानुदिन बढ्दै गएकाे छ स्थानीय प्रेमबहादुर कार्की बताउँछन् ।

३ वर्ष अघि गजुरमुखिदेखि चतुरेसम्म सडक छेउमन १/२ वटा मात्र पसलहरु संञ्चालनमा रहेकोमा अहिले करिब २०/२२ वटा जति पसलहरु संञ्चालनमा आउन थालेको स्थानीय व्यापारी प्रेमबहादुर कार्की बताउँछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत ३१ करोड रुपैयाँको लागतमा साे सडक निर्माण भइरहेकाे छ ।

दमक-चिसापानी-रवि (फाल्गुनन्द मार्ग) सँग जोडिएकाे उक्त सडक निर्माण कम्पनीले ५ वर्षको अवधिमा सक्नेगरी सम्झाैता भएकाे छ भने थप १ बर्ष निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि दिइएको छ । बाँकी २ वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्ने समय कम्पनीलाई दिइएको हाे ।

सडक निर्माणमा नेपाल सरकारको २० प्रतिशत र एडिबिकाे ऋण ८० प्रतिशत खर्च हुने जनाइएकाे छ । २०७५ २५ मङ्सिरमा आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलीडारबीच सम्झौता भएको थियो । जम्मा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुने छ ।

जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्रे सुरु भएपछि त्यहाँका बासिन्दा उत्साहित भएका छन् । सो सडक कालोपत्रे भएपछि माङसेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने बताइएकाे छ । प्रसिद्ध धार्मिक पर्यटकीय स्थलहरू गजुरमुखीधाम र माङसेबुङ आवतजावतमा समेत सहज हुने माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगाे बताउँछन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...