जामुनबारी सामुदायिक वनकाे अध्यक्षमा पुनः ख्याम सिटाैला निर्वाचित

,   लिम्बुवान न्युज
                       

कन्काई। झापाकाे कनकाईस्थित झापाकै नमुना बन जामुनबारी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा पुनः ख्याम सिटौला विजयी भएका छन् । उनी लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका हुन् ।

 

मुख्य ६ वटा पदका लागि शनिवार भएको निर्वाचनमा सिटौला ५३ मतको अन्तरले दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । उनले ४ सय १९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्धन्दी प्रगतिशिल प्यानलका विनोद राना मगरले ३ सय ६६ मत प्राप्त गरेका थिए ।

दुई उपाध्यक्ष पदमा भने राना प्यानलका दिलकुमार राई र विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ३५२ र ३२८ मत प्राप्त गरेका थिए । उपाध्यक्षको प्रत्यासीका रुपमा रहेका सिटौला प्यानलका वुद्धिमान बोहोराले २८९ र डबलबहादुर भण्डारीले ३०७ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षकै लागि स्वतन्त्र तर्फका उम्मेद्वार धननारायण श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् ।

सचिव र कोषाध्यक्षमा सिटौला प्यानलका क्रमशः मनिता राईले ४१० र यसनाथ अधिकारीले ४०४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्दी राना प्यानलका सिर्जु खरेलले ३५८ र बिदुर खड्काले ३४६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाले जानकारी दिएका छन् ।

शनिवार बेलुका ८ बजेदेखी सुरु भएको मतगणना राती ३ बजे सम्पन्न भएको हो । वन समूहका ८ सय ४२ मतदाता रहेको निर्वाचनमा ७ सय ९६ मत खसेको निर्वाचन समितिका संयोजक खतिवडाले बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;