जसपा प्रदेश समितिको सपथ ग्रहण सम्पन्न

,   लिम्बुवान न्युज
                       

इटहरी। जनता समाजवादी पार्टी प्रदेश १ का मनोनित सदस्यहरु र विभिन्न निकायका प्रमुखहरुलाई आइतबार सपथ गराइएको छ ।

प्रदेश पार्टीको कार्यकारिणी बैठकको अवसर पारेर सपथ ग्रहण समारोह आयोजना गरिएको अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए । इटहरीस्थित जसपा प्रदेश १ समितिको कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चाम्लिङले सत्तासिन नेकपाकै नेतृत्वमा जनयुद्ध, मधेस विद्रोह, आदिवासी जनजाति आन्दोलन, खस आन्दोलनका उपलव्धिलाई समाप्त पार्ने षड्यन्त्र भैरहेको भन्दै कडा प्रतिवादमा उत्रने दिन आइसकेको बताए । प्रदेश नम्बर १ को नाम पार्टीले “किरात-लिम्बुवान-मधेस-शेर्पालुङ प्रदेश” राख्नुपर्ने माग अघि सारेको उनले स्पष्ट पारे ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले पहिचान र सङ्घीयता पक्षधरहरुको बृहत् ध्रुवीकरणको उपज नै जनता समाजवादी पार्टीको निर्माण भएको जिकिर गरे । मनोनित सदस्यहरुको तर्फबाट राम मान्डुपा राईले बोलेका थिए ।  प्रदेश समितिको तर्फबाट उपाध्यक्ष दिपक याक्खाले मनोनित सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै पार्टीको गाईघाट बैठकले दिएको कार्यादेश अनुसार मनोनयन कार्य पूरा गरिएको बताए । सहभागीलाई अर्का उपाध्यक्ष उमेश थापाले स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु नवराज गुरुङ, सुनसरी जिल्ला अध्यक्ष भगिरत खत्वे, भोग्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहता, वडा नं ३ का वडा अध्यक्ष सुकदेव यादव लगायत प्रदेश समितिका सदस्य लगायत उपस्थित थिए ।

गत असोज २३-२४ गतेको प्रदेश कार्यकारिणी समिति बैठकले मनोनित गरेका ५ जना प्रदेश निकाय प्रमुख, १७ जना प्रदेश सदस्यलाई सपथ गराइएको जसपा प्रदेश १ मुख्य सचिव प्रभुराम श्रेष्ठले जानकारी दिए ।

आज प्रदेश विज्ञ परिषद प्रमुख विष्णु लावती, लेखा परीक्षण आयोग प्रमुख हरि न्यौपाने, प्रदेश सदस्यहरु केशरमान गुरुङ, राम मान्डुपा राई, सुशील राई, कृष्ण लिम्बू, नन्द याम्फू, मनोज यदव, जहरमान लिम्बू, प्रज्वल भण्डारी, सीताराम राईले सपथ लिएका थिए । सपथ लिन छुटेका निकाय प्रमुख र सदस्यहरुलाई आगामी बैठकमा सपथ गराइने पार्टी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;