तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको आज शिलान्यास

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल सरकारलाई अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको अस्पतालहरुको आज शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
७ वटा प्रदेशको तीन सय ९६ स्थानीय तह अन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय ९ र १५ शय्याका ३५ अस्पतालको आज शिलान्यास हुँदैछ  । सबै अस्पतालहरु दुई वर्षभित्रमा निर्माण गरेर सञ्चालन गर्नेगरि सरकारको तयारी रहेको छ ।

संघीय मामिला मन्त्रालयले जनाए अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान गरिएकोछ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको जनाएको छ ।

आज विभिन्न स्थानीय तहमा बन्ने अस्पतालहरुको अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय संसदहरु, प्रदेशका मन्त्रीहरु, स्थानीय तहका प्रमुख लगायतबाट शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण हुनेछ त्यसैगरी लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बन्ने जनाएको छ । यसरी नै आज सोमबार नै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने सरकारको तयारी रहेकोछ ।
स्थानीय तहको जनसंख्या र भूगोललाई मध्यनजर गर्दै अस्पताल पाँच शैया, दश शैया र पन्ध्र शैयाको गरी तीन तहको निर्माण हुने बताइएको छ । तह अनुसार नै जनशक्ति पनि खटाइने बताइएको छ । पाँच शैयामा एक मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मी, दश शैयाँमा दुई मेडिकल अफिसर सहित १७ जना र पन्ध्र शैयाको अस्पतालमा तीन मेडिक अफिसर सहित २७ स्वास्थ्यकर्मी रहने संघीय सरकारले जनाएको छ ।

सबै अस्पतालबाट गुणस्तरीय आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रिया सहितको सेवा दिने बताइएको छ  । अस्पताल स्थापनाका लागि स्थानीय तह छनोटमा विभेद गरिएको भन्दै कतिपय स्थानीय तहले असन्तुष्टि व्यक्त गरेका छन् भने केही स्थानीय तहमा अझै जग्गा प्राप्ति गर्न बाँकी रहेको जनाइएको छ  ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...