लिम्बुवान मञ्च म्याङलुङ अध्यक्षमा पुनः देवीनारायण निर्वाचित

 लिम्बुवान न्युज
                       

म्याङलुङ, १५ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः देवीनारायण सम्बाहाम्फे निर्वाचित भएको छ । सोमबार जिरीमा भएको तेस्रो अधिवेशनले सम्बाहाम्फे पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्चका प्रान्तीय उपाध्यक्ष कृष्ण बहादुर तुम्बाहाम्फे लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बाहाम्फेको नेतृत्वमा २५ सदस्य नयाँ कार्य समिति बनेको हो । समितिको उपाध्यक्षहरुमा भिम थेगुवा, इन्दु लिम्बु र डम्बर खापुङ, सचिवहरुमा देवी आङबुङ र सन्दिप खापुङ्, सह–सचिवमा दिपक सोदेम्बा र अर्थ सचिवमा राजकुमार थेगुवा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जिव चेम्जोङ, जयप्रकाश सम्बाहाम्फे, आशिस यङहिम्बा, ईश्वरकुमार सम्बाहाम्फे, मोतिहाङ सोदेम्बा, हर्क सम्बाहाङफे, सन्तोष थेगुवा, सपना सम्बाहाङफे, खड्क नारायण खापुङ, अशोक चोङबाङ, मनुहाङ सम्बाहाम्फे, हर्कराज सम्बाहाङ्फे, कुमार थाम्देन, विमला लिम्बु, सुर्य ब. सेनी, विजुले खापुङ र बुद्धिमान खापुङ् बनेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावती, संघीय सदस्य तथा विद्यार्थी अध्यक्ष सेसेहाङ चोङबाङ, प्रान्तीय सदस्य खेल बहादुर सम्बाहाम्फे, जिल्ला अध्यक्ष विजय निङलेखु, तुम्येहाङ अध्यक्ष प्रेम बहादुर सम्बाहाम्फे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी आज नगर समितिले नयाँ कार्यलय स्थापना गरेको छ । जिरीमा स्थापना गरिएको कार्यालयको बोर्ड प्रमुख अतिथि तुम्बाहाम्फे र बयोवृद्ध नेता खेलबहादुर सम्बाहाम्फेले संयुक्तमा उदघाटन गरेका थिए ।

कार्यक्रम अध्यक्ष देवीनारायण सम्बाहाम्फेको सभाध्यक्षतामा भएको थियो । त्यसैगरी स्वागत मन्तव्य डम्बर खापुङले राखेको उक्त कार्यक्रमको संचालन नगर सचिव देवी आङबुङले गरेका थिए ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;