मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता, १५ कार्तिक । १ नं. प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभा बैठकमा राजीनामा दिएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।

उनले राजीनामा दिएसँगै आजको कार्यसूचीमा मतदान प्रक्रिया अघि बढाउनु नपरेको बताउँदै सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १६ गतेसम्मका लागि सभा बैठक स्थगित भएको घोषणा गरे ।

आचार्यले विश्वासको राजीनामा दिएसँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

गठबन्धनले भावी मुख्यमन्त्रीका रूपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई अघि सारेको छ । सरकार गठनका लागि कम्तीमा ४७ सदस्य आवश्यक पर्दछ । विपक्षी पाँचदलीय गठबन्धनले आफूहरूसँग ५० सांसदको समर्थन रहेको दाबी गरेको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;