
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
पाँचथर, लिम्बुवानखबर संवाददाता। मौलिक याक्थुङ पहिचानको खोजमा आधारित पुस्तक लिम्बू पहिचानमा समेटिएका विषयबस्तु माथि आज पाँचथरको फिदिममा चर्चा गरिएको छ ।
लिम्बु स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले पुस्तकमा लिम्बुहरुको भाषा, धर्म,सस्कृति,लिपी,रितिरिवाज र परम्परालाई समेट्न खोजेको बताए । १ नम्बर प्रदेशका विभिन्न जिल्लालाई कर्म क्षेत्र बनाएका १५ जना लेखकका खोजमुलक लेख प्रकाशित भएको उक्त पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावतीको भनाई थियो ।
पुस्तक चर्चा कार्यक्रममा सहभागीहरुले लिम्बू जातीको पुस्तौनी धर्म किराँत र लिपी सिरिजंगा हुँदा हुँदै त्यसलाई तोडमोड गर्न खोजेको भन्दै लेखकहरुलाई आरोप लगाएका थिए ।
कार्यक्रममा चलचित्रकर्मी सागर केरुङ र युवा सर्जक नुनम केरुङले पुस्तकले यथार्थ मोड्न खोजेको भन्दै चर्को आलोचना गरे भने केहि टिप्पणीकर्ताहरुले पुस्तक र लेखको बचाउमा लागेका थिए ।
याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगूको प्रमूख आतिथ्यता तथा लिम्बुवान स्टडी सेन्टरका अध्यक्ष दिलेन्द्र कुरुम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकमा समेटिएका विषयवस्तु उपर प्राज्ञ सदस्य हरिचन्द्र लावती र सर्जक प्रेम ओझाले टिप्पणी गरेका थिए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...