मिक्लाजुङमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम

 लिम्बुवान न्युज
                       

  • मिक्सन मिभक, मिक्लाजुङ्

मोरङको मिक्लाजुङ धोबेनी बजारमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मिक्लाजुङ ३ का ३३ बर्षीय कुमार लिम्बु बिगत दुई बर्ष देखि दुवै मृगौला फेल भइ उपचार गराईरहेका छन् ।

हाल भक्तपुरस्थित कृष्ट मेडिकल तथा शिक्षण अस्पतालमा उपचार गराईरहेका लिम्बुको आर्थिक अवस्था कम्जोर भई उपचारमा कठिनाई भएपछि पनि उपचार सहयोगको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

दुई सन्तानका पिता लिम्बुको हाल मुटुमा समेत समस्या भई उपचार भईरहेको हुँदा वहाँको स्वास्थ्यउपचारमा थप मद्दत गर्न मिक्लाजुङबासी जुटेर कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक भुपेन्द्र तुम्बाहाम्फेले बताए । कार्यक्रमलाई टाँडी युवा समूह, टाँडी यूवा क्लब, पोजेटिभ नेपाल, श्रीजंगा युवा क्लब र किरातेश्वर हाङसाम माङहिमले आयोजना गरेको हो ।

बुधबार आयोजित उक्त कार्यक्रममा ४ लाख रकम संकलन भएको संयोजक तुम्बाहाम्फेले जानकारी दिएका छन् । कार्यक्रममा चर्चित कलाकारहरु तारा प्रकाश लिम्बु, डम्बर नेपाली, पदम राई, बादल लिम्बु, निमा तामाङ, सुनिता संयक, तुलाशा लिम्बु, सिद्धान्त खड्का, नन्दु गुरुङ, बिनोद बस्नेतले आ–आफ्ना प्रस्तुतीहरु दिएर पिडीत लिम्बुको उपचारमा सहयोग गर्न अनुरोध गरेका थिए । त्यसैगरी नृत्यकार अनिश लिम्बु र टिकटक स्टार विवश राईले पनि सांगीतिक कार्यक्रममा कला प्रस्तुत गरेका थिए ।

मिक्लाजुङ ३ वडा अध्यक्ष खगेन्द्र मादेन लिम्बूको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेका मोरङ क्षेत्रीय सभापति डिक बहादुर लिम्बूको प्रमुख अतिथ्यता रहेको थियो । त्यसैगरी बिशिस्ट अतिथि सलोराम संघिय लिम्बुवान मञ्च नेपाल के महासचिव असोक चेम्जोङ, उप–महासचिव दिल कुमार लावती, केन्द्रीय सचिवालय सदस्य दिलु लावती लिङदेन, नेकपा एकीकृत समाजबादी केन्द्रीय सदस्य बिधा चाम्लिङ राई त्यसैगरी अतिथिहरुमा कालिका माध्यमिक विद्यालयको प्रअ मातृका प्रसाद न्यौपाने, लिम्बुवान भोलेन्टियर्स एल भी केन्द्रीय सिनियर कमाण्डर गणेश मिभक, सामाजिक व्यक्तित्वहरु अर्जुन तुम्रोक, बबि राई, शेरबहादुर तुम्बाहाम्फे, विशाल राई लगायतको रहेका थिए ।

कार्यक्रमको संयोजक तुम्बाहाम्फेसँगै वडाध्यक्ष मादेन, त्यसैगरी सहसंयोजकमा प्रकाश श्रेष्ठ, बुद्ध थलङ, मुस्कान सुब्बा, रमेश मिभक, विशाल सदेम र महेन्द्र थेगिम रहेका थिए । कार्यक्रमको संचालन प्रकाश श्रेष्ठको रहेको थियो भने अन्त्यमा कलाकारहरुलाई सम्मान गरिएको संयोजक तुम्बाहाम्फेले बताए ।

 

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;