मिक्लाजुङमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम

,   लिम्बुवान न्युज
                       

  • मिक्सन मिभक, मिक्लाजुङ्

मोरङको मिक्लाजुङ धोबेनी बजारमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मिक्लाजुङ ३ का ३३ बर्षीय कुमार लिम्बु बिगत दुई बर्ष देखि दुवै मृगौला फेल भइ उपचार गराईरहेका छन् ।

हाल भक्तपुरस्थित कृष्ट मेडिकल तथा शिक्षण अस्पतालमा उपचार गराईरहेका लिम्बुको आर्थिक अवस्था कम्जोर भई उपचारमा कठिनाई भएपछि पनि उपचार सहयोगको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

दुई सन्तानका पिता लिम्बुको हाल मुटुमा समेत समस्या भई उपचार भईरहेको हुँदा वहाँको स्वास्थ्यउपचारमा थप मद्दत गर्न मिक्लाजुङबासी जुटेर कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक भुपेन्द्र तुम्बाहाम्फेले बताए । कार्यक्रमलाई टाँडी युवा समूह, टाँडी यूवा क्लब, पोजेटिभ नेपाल, श्रीजंगा युवा क्लब र किरातेश्वर हाङसाम माङहिमले आयोजना गरेको हो ।

बुधबार आयोजित उक्त कार्यक्रममा ४ लाख रकम संकलन भएको संयोजक तुम्बाहाम्फेले जानकारी दिएका छन् । कार्यक्रममा चर्चित कलाकारहरु तारा प्रकाश लिम्बु, डम्बर नेपाली, पदम राई, बादल लिम्बु, निमा तामाङ, सुनिता संयक, तुलाशा लिम्बु, सिद्धान्त खड्का, नन्दु गुरुङ, बिनोद बस्नेतले आ–आफ्ना प्रस्तुतीहरु दिएर पिडीत लिम्बुको उपचारमा सहयोग गर्न अनुरोध गरेका थिए । त्यसैगरी नृत्यकार अनिश लिम्बु र टिकटक स्टार विवश राईले पनि सांगीतिक कार्यक्रममा कला प्रस्तुत गरेका थिए ।

मिक्लाजुङ ३ वडा अध्यक्ष खगेन्द्र मादेन लिम्बूको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेका मोरङ क्षेत्रीय सभापति डिक बहादुर लिम्बूको प्रमुख अतिथ्यता रहेको थियो । त्यसैगरी बिशिस्ट अतिथि सलोराम संघिय लिम्बुवान मञ्च नेपाल के महासचिव असोक चेम्जोङ, उप–महासचिव दिल कुमार लावती, केन्द्रीय सचिवालय सदस्य दिलु लावती लिङदेन, नेकपा एकीकृत समाजबादी केन्द्रीय सदस्य बिधा चाम्लिङ राई त्यसैगरी अतिथिहरुमा कालिका माध्यमिक विद्यालयको प्रअ मातृका प्रसाद न्यौपाने, लिम्बुवान भोलेन्टियर्स एल भी केन्द्रीय सिनियर कमाण्डर गणेश मिभक, सामाजिक व्यक्तित्वहरु अर्जुन तुम्रोक, बबि राई, शेरबहादुर तुम्बाहाम्फे, विशाल राई लगायतको रहेका थिए ।

कार्यक्रमको संयोजक तुम्बाहाम्फेसँगै वडाध्यक्ष मादेन, त्यसैगरी सहसंयोजकमा प्रकाश श्रेष्ठ, बुद्ध थलङ, मुस्कान सुब्बा, रमेश मिभक, विशाल सदेम र महेन्द्र थेगिम रहेका थिए । कार्यक्रमको संचालन प्रकाश श्रेष्ठको रहेको थियो भने अन्त्यमा कलाकारहरुलाई सम्मान गरिएको संयोजक तुम्बाहाम्फेले बताए ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;