
लिख संवाददाता, काठमाडौं । तिहार लगत्तै शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी थालेको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी आयोगले विज्ञापन खोल्ने तयारी गरेको हो ।
आयोगका अधिकारीले ‘तिहारलगत्तै मन्त्रीज्यूसँग एक पटक छलफल गरेपछि विज्ञापन खुलाउने आन्तरिक तयारी भएको बताएका छन् ।
आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ । नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ ।
Related