लिम्बुवान मञ्चको गौरीगञ्ज अध्यक्षमा टेक बहादुर योङया निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक, लिम्बुवानखबर । संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्च गाउँपालिका अध्यक्षमा टेक बहादुर योङया सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले अध्यक्षमा योङया निर्वाचित भएका हुन् ।

यसैगरी उक्त कार्यक्रमले उपाध्यक्षहरुमा रामबहादुर विश्वकर्मा, खोमलाल योङहाङ, सचिवमा गंगाप्रसाद लिम्बु, कोषाध्यक्षमा गणेश लावती, र सहसचिवमा मनोज लिम्बु चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मण्ड शाह, मातेबुल हास्दा, देवराज तामाङ, सहबहादुर साम्सोहाङ, लाल बहादुर योङया, एकराज राई, प्रेम राई, प्रेम सेनिहाङ, दिलकुमार राई, सुभाष कुमार सेनिहाङ, राविम्द राई र टिका लिम्बु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इम्बुङले नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई सफथ खुवाएका थिए भने लिम्बुवान सहितको १०+१ प्रान्तको अवधारणामा एकजुट भई अघि बढ्न अनुरोध गरेका छन् ।

त्यसैगरी उक्त कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव यलम्बर खम्बू, प्रान्तीय सचिव विष्णु भट्टराई, सचिवालय सदस्य भक्त मेन्याङबो, जिल्ला सदस्य चक्रबहादुर खेवा, युवराज साम्सोहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गौरीगञ्ज पालिका अध्यक्ष चन्द्र साम्सोहाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;