पहिरो पिडित ४६ घरपरिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ र इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ मा पुगेर पहिरो पिडित ४६ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापाका अध्यक्ष मिलन राई र किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउँपालिकाका अध्यक्ष सागर जवेगुको पहलमा पहिरो पिडित क्षेत्रमा पुगेर खाद्यान्न राहत वितरण गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार किराती राई र मकाउमा रहने सहयोगी दाताहरुबाट प्राप्त एक लाख ५० हजार बराबरको खाद्यान्न सामग्री खरिद गरि वितरण गरिएको चुम्लुङ अध्यक्ष सागर जवेगुले बताए ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अविनाश लावतीको उपस्थितिमा वडाभित्रका पहिरो पिडित ४२ घरपरिवारलाई राहत वितरण गरिएको थियो भने माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रदिप साङपाङको उपस्थितिमा पहिरो पिडित ४ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा अभियान्ता मिलन राई, सागर जवेगु, समाजसेवी राजेन्द्र केरुङ, होसि राई, सम्भु राई र अनिल थापा लगायतको सहभागिता रहेको थियो ।

गत कार्तिक १ र २ गते परेको अविरल बेमौषमी वर्षाका कारण नेपालका विभिन्न ठाउँहरु बाढि पहिरोले धेरै जनधनको क्षति भएको थियो भने अझै कति बेपत्ता रहेका छन् । जसमा माङसेबुङ् गाउँपालिका वडा नं. ६ मा ३ जना त्यसैगरी मिक्लाजुङ गाउँपालिकामा २१ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...