फाकफोकका पाँच वर्षिय दिपशन राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

 लिम्बुवान न्युज
                       

इलाम : फाकफाेकथुम गाउँपालिका वडा नम्बर १ का दिपशन राईको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

साविक आम्चाेक ७ निवासी देउप्रसाद राईको कक्षा १ मा अध्ययनरत पाँच वर्षिय छोरा कार्तिक १४ गते विहान ९:३० बजे विद्यालय जाने क्रममा छिमेकीको घरमा छुर्पी पकाउँदै गरेको तातो पानीमा डुवेर गम्भीर घाइते भएको पारिवारिक श्रोतले जनाएको छ । बालककाे उपचार गर्न इलाम अस्पताल लगिएपछि अन्यत्र रेफर गरेको थियो ।

हाल उनको बिराटनगर म्यास इन्टरनेशनल हस्पिटलको आइसियु कक्षमा उपचार भइरहेको छ । उनको उपचार गर्न दैनिक ५० हजार भन्दा बढी खर्च भइरहेको र अस्पतालले करिब १० लाख खर्च हुने बताएको छ । पीडित बालकले अध्यन गर्दै गरेको छाँयादेवी माद्यामिक बिद्यालय लुङ्सुङ्दानङले २२ हजार नगद रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी,चलचित्र कलाकारकर्मी रितेश जंग पौडेल खत्रीको परिवारबाट २० हजार नगद रुपैयाँ उपलब्ध गराएको बालककी आमा टीका याङ्देम्बा नेम्बाङले जानकारी दिइन् । सामाजिक अभियान्तको रूपमा सकृय काम गरिरहेका खत्रीले आफ्नोतर्फबाट पनि बालकको उपचार खर्च जुटाउन पहल गरिरहेको जानकारी दिए ।

आर्थिक अवस्था अत्यन्तै कम्जाेर भएका परिवारलाई छोराको उपचार गर्न कठिन भएकोले फाकफोकथुम घर भइ हाल दक्षिण कोरियामा कार्यरत बिरेन्द्र पौडेल र सुरेश कार्कीको अगुवाई आर्थिक सहयोग जुटाउन शुरु गरिएको छ ।

इच्छुक महानुभावले 01096736715 मा सम्पर्क गरि विज्ञान पौडेलको नाममा दक्षिण काेरियाको NH Bank खाता नम्बर 3521391476153 मा र नेपालकाे लागि देउप्रसाद राईको मोबाइल नम्बर ९८६१९९१९३९ मा सम्पर्क गरि सानिमा बैंकको खाता नम्बर ००६०११०६०००१७५८ रकम जम्मा गरि सहयोग गरिदिन आग्रह गरिएको संकलनकर्ता कार्कीले बताए ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;