लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ्’को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, दमक । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ ।

सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता नेम्बाङ र सुमन लिम्बुको आवाजमा सजिएको लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सेवालुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिबी लिम्बूको छायाँकन तथा सम्पादनमा सञ्जु थलङको श्रृङगार रहेको भिडियोमा पर्शु थलङको ड्रोन रहेको छ ।

काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायाँकन गरिएको भिडियोमा भिम तुम्बाहाम्फे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ, तिर्सना नेम्बाङ, पर्शु थलङ र यासेली योङहाङ लगायतले अभिनय गरेका छन ।

पालाम हेर्नुहोस

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...