लिम्बू चलचित्र थिमको ‘छुइ छुइ हा’ बोल गीतको भिडियो सार्वजनिक
शनिबार, २० कार्तिक, २०७८ साँझको ०६:४३ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर, २० कार्तिक । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’ को ‘छुइ छुइ हा’ बोलको गीतसार्वजनिक भएको छ । शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।
उक्त गीतलाई चर्चित सर्जक तथा निर्देशक सागर केरुङ्ले लेखेका हुन् । गीतलाई बुद्धराज लिम्बुले संगीत भरेका हुन् भने पूर्वकै चर्चित गायिका सुनिता थेगिम र सुजन आङ्देम्बे गीतमा स्वर दिएका छन् ।
याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रलाई यलम्बर खम्बूले निर्देशन गरेका छन् । त्यसैगरी निर्माताहरु निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन् भने लेखन निर्माता केरुङको रहेको छ । मुख्य साहायक निर्देशक तथा नृत्य निर्देशक दिनेश माङ्मु, सहायक निर्देशकहरुमा डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी सह–निर्माताहरूमा नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् ।
चलचित्रको छायाङ्कन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य सहायक निर्देशक निङ्वा नेम्बाङको छ भने नृत्य बरदान संगीतालयको रहेको छ । शृङ्गार सन्तोस रिजाल र प्रकाश मिलन खड्काको रहेको छ । त्यसैगरी ब्यवस्थापन सुबास केरुङ नुनामले गरेका छन् ।
पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन् ।
दमक, १२ मंसिर । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ...
दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक...
पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे,...
दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२