लिम्बू चलचित्र थिमको ‘छुइ छुइ हा’ बोल गीतको भिडियो सार्वजनिक

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २० कार्तिक । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’ को ‘छुइ छुइ हा’ बोलको गीतसार्वजनिक भएको छ । शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतलाई चर्चित सर्जक तथा निर्देशक सागर केरुङ्ले लेखेका हुन् । गीतलाई बुद्धराज लिम्बुले संगीत भरेका हुन् भने पूर्वकै चर्चित गायिका सुनिता थेगिम र सुजन आङ्देम्बे गीतमा स्वर दिएका छन् ।

याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रलाई यलम्बर खम्बूले निर्देशन गरेका छन् । त्यसैगरी निर्माताहरु निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन् भने लेखन निर्माता केरुङको रहेको छ । मुख्य साहायक निर्देशक तथा नृत्य निर्देशक दिनेश माङ्मु, सहायक निर्देशकहरुमा डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी सह–निर्माताहरूमा नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् ।

चलचित्रको छायाङ्कन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य सहायक निर्देशक निङ्वा नेम्बाङको छ भने नृत्य बरदान संगीतालयको रहेको छ । शृङ्गार सन्तोस रिजाल र प्रकाश मिलन खड्काको रहेको छ । त्यसैगरी ब्यवस्थापन सुबास केरुङ नुनामले गरेका छन् ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन् ।

भिडियो तल हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=-crWDlLUO4w

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;