लिम्बुवान मञ्चले विभिन्न स्थानमा देउसी भैली खेल्दै मनाउँदै दिपावाली

 लिम्बुवान न्युज
                       

दमक, २१ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गतका जिल्लामातहतका स्थानीय पालिका र वडा समितिहरुले विभिन्न स्थानहरुमा देउसी भैली खेल्दै तिहार पर्व (बलिहाङ तङनाम) मनाएको छ ।

मञ्चले सबै पालिकाहरुलाई पर्वहरुमा देउसी भैली खेल्दै कार्यकर्ताहरुको घर घरमा पुगेर लिम्बुवानको मुद्दालाई कसरी स्थापित गर्ने भनी पर्वलाई उपयोग गर्दै देउसी खेल्न भनेको थियो ।

तराईको झापा, मोरङ र सुनसरी जिल्ला अन्तर्गतका विभिन्न पालिकाहरुले देउसी खेलेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, बेलबारी, सुन्दरहरैचा, केराबारी र मिक्लाजुङ् पालिकाहरुले देउसी खेलेका छन् । त्यसैगरी सुनसरीको इटहरी र धरान उपमहानगरपालिका समितिले पनि देउसी खेलेका छन् भने झापाका दमकका ५ वटा वडा कमिटि, नगर समिति लगायत कमल पालिका समिति, शिवसताक्षी नगर समिति, बुद्धशान्ति, मेचीनगर, विर्तामोड, कन्काई लगायत स्थानहरुमा देउसी भैली खेलेको बताइएको छ । त्यसैगरी इलामको चुलाचुलीको ४ वटा वडाहरुमा देउसी खेलेको प्रान्तीय सदस्य तथा वडा नं. १ का वडाध्यक्ष पूर्ण लावतीले बताए ।

यसरी नै पहाडी जिल्लाहरु पान्थर, ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लाहरुले पनि आ–आफ्नै शैलीमा देउसी भैली खेली संगठनलाई थप कार्यक्रम गर्नमा मद्दत र सांगठानिक गतिविधि गर्न सहज भएको बताइएको छ । मञ्चको महाधिवेशन नजिकिदै जाँदा कार्यक्रमहरुलाई नौ जिल्लामा लिम्बुवान मञ्च, नेपालले तिब्रता दिईएको प्रान्तीय प्रशासकिय महासचिव अशोक चेम्जोङले बताए ।

मञ्चको आगामी २४ र २५ गते धरानमा हुने तेस्रो प्रान्तीय अधिवेशनलाई लक्षित गर्दै नौ जिल्ला लिम्बुवानको आधार इलाकामा संगठनलाई सुदृणिकरण र मजबुत बनाउने प्रक्रियामा प्रान्तीय मञ्च अघि बढेको उनले बताए ।

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...