लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन नोभेम्बर १९ मा हुँदै

,   लिम्बुवान न्युज
                       

साउदी अरब, लिम्बुवानखबर संवाददाता। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ । साउदी प्रवासले आगामी नोभेम्बर १९ का दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रवास समितिले मञ्चका संघीय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने लागेको मञ्चका अन्तराष्ट्रिय प्रवास समन्वय मञ्चका संयोजक चन्द्र कुमार लिङदेनले बताए ।

मञ्चको आगामी मंसिर २६ र २७ गते हुने तेस्रो संघीय राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सबै प्रवास समितिहरुमा महाधिवेशन गर्ने गरी कार्यक्रम अघि बढाईएको संयोजक लिङदेनले बताए । यस अघि बेलायत र युएईको महाधिवेशन सम्पन्न भईसकेको छ । त्यसैगरी चाडै नै बहराईन र साईप्रस प्रवासको पनि महाधिवेशन हुने लिङदेनले बताएका छन् ।

संघीय मञ्चको २० प्रवासहरुमा संगठन रहेकोमा १२ वटा प्रवास समितिहरु अहिले सक्रिय छन् भने बाँकी संगठनहरु निस्कृय रहेको समेत संयोजक लिङदेनले बताए । बाँकी प्रवासहरुमा संगठनलाई थप शसक्त बनाउने बारे समन्वय मञ्चले काम गरिरहेको उनले बताए ।

 

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;