लिम्बुवान सामाजिक मञ्च कतार प्रवासको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

,   लिम्बुवान न्युज
                       

डम्बर लुङखिम मिसेक, दोहा, कतार, कार्तिक २१ गते ।

संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार प्रवास समिति अन्तरर्गतको सांस्कृतिक विभागद्धारा शुक्रबार कतारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाडपर्वहरु बलिहाङ तङनाम (दिपावली), म्हःपुजा (नेपाल सम्बत), छैट पर्वको अवसरमा अलखोर स्थित रस मत्बख समुन्द्रि तटमा मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

कोभिड १९ को महामारी अझै सम्म कायम नै रहेकोहुँदा सबै प्रकारको सुरक्षा मापदण्डलाई उपयोग गर्दै कार्यक्रमको आयोजना भएको थियो । विभागका संयोजक होम फियाकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रवास समिति कतारकी अध्यक्ष रेखा राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सांस्कृतिक विभागका सह–संयोजक अमृत कुरुम्बाङले स्वागत मन्तव्य राखेर अतिथिहरुलाई स्वागत गरेका थिए भने विभागका सह–सचिव मौसम लिङदमले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च (सलोरा) सम्बद्ध संघीय लिम्बुवान मञ्च (सलिम) नेपालका के.स. कुमारसिं योङहाङ, सल्लाहकारद्वय सिताराम थेवे, प्रेम आङ्बुहाङ, सामाजिक अभियानता तथा विशेष सहयोगी वीर बहादुर थापा, राज रुचाल, गजेन्द्र चेम्जोङ, कियाचु कतारका अध्यक्ष हर्क खजुम, सन्ध्या ग्रप अलखोरका उपाध्यक्ष नारायण हमाल, मुग्लानी खबरका सम्बाददाता सन्तोश केसि, सलिसाम क्षेत्रीय समिति उमसलाल अलिका अध्यक्ष मिथुन सिगुको आतिथ्यता रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा अलखोर क्षेत्रीय समितिका अध्यक्ष पर्शुराम चौधरी, मिसाइद समितिका अध्यक्ष तुलसि मिभक, सलिसाम महिला विभाग सह–संयोजक मञ्जु सावा, खेलकुद विभागका संयोजक खगेन्द्र नेम्बाङ, यातायात विभाग का संयोजक टिका मिभक, खेलकुद समितिका खेल क्याप्टेन युकेस नेम्बाङ लगायतको आथित्य रहेको थियो भने कार्यक्रममा लालिङकेत् नाम्लीङकेत् (देउसी भैलो) तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रम शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राईले भनिन्, –‘देशको हरेक खाले समस्याको समाधानका लागि सबै तहमा सह–अस्तित्वको सुत्र लागु गर्न आवश्यक रहेको छ । त्यसो गरिएमात्र नेपाल जस्तो विविधता युक्त देशमा राष्ट्रिय एकता कायम हुने छ ।’ यसैगरी मञ्चका प्रान्तीय सदस्य योङहाङले देश लामो समयदेखि एकात्मक विचारका भ्रष्टहरुको पकडमा रहेको कारण देशबासी नेपाली जनताले विकास र शान्तिको आभास गर्न नपाएको जिकिर गर्दै त्यसको विकल्पबारे देश विदेशमा रहेका युवाहरुले यथासिघ्र सहि निर्णय लिने पर्ने बताए ।

यसरी नै उक्त कार्यक्रममा अमृत कुरुम्बाङ, उर्मिला लामा, गौतम सेमी आङदेम्बे, विनोद आङबुङ लिम्बु, उज्वल तामाङ, विश्व लिम्बु र नयन मिक्लाजेको सांगितिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;