१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सन्दर्भमा

,   लिम्बुवान न्युज
                       

  • देवदास राई

“पुस्तकको मूल्य रत्न भन्दा पनि धेरै छ किनकि रत्नले बाहिर चमक दमक देखाउँछ । तर पुस्तकले अन्तःकरणलाई उज्वल बनाउँछ ।” महात्मा गान्धीको यो भनाईलाई परमसत्य सम्झेर पुस्तक पढ्छु–किनेर पढ्छु । यसै क्रममा वि.स. २०७६ साल कार्तिक २३ गतेका दिन काठमाडौं भोटाहिटीको रत्न पुस्तक भण्डारबाट एउटा पुस्तक किने । पुस्तकको नाम थियो– “विश्व प्रसिद्ध व्यक्तित्वहरु (ध्इच्ीम् ँब्ःइग्क् एभ्च्क्इल्ब्ीक्ष्त्क्ष्भ्क्)” । सो पुस्तकमा नेपाल, भारत, चीन, जर्मन, जापान, बंगलादेश, अमेरिका लगायत ६९ देशका साहित्यकार, इतिहासकार, वैज्ञानिक, दार्शनिक, दार्शनिक, समाज सुधारक, कवि, नाटककार, उद्योगपति आविष्कारक एवं राजनीतिज्ञ आदिको संक्षिप्त परिचय उल्लेख भएको रहेछ । लेखक रहेछ–मधुसुदन पाण्डेय । अतः उक्त किनेका पुस्तक पढे–पढ्दै गएँ । पृष्ठ १७३ मा लेखिएको थियो ।

नामः महागुरु फाल्गुनन्द (किरात धर्मगुरु)
नामगरिकः नेपाली
जन्मः वि.सं. १९४२
मृत्युः २००५
विशेषताः महान उपदेशक

प्रारम्भमै लेखिएको छ “फाल्गुनन्दको जन्म पूर्वी नेपालको इलाम जिल्लामा भएको थियो । लिम्बू परिवारमा जन्मिएका थिए । यिनको बालयकालको नाम कसैले नरध्वज भन्दछन् त कसैले फलामसिंह भएको बताए र विवादमा ल्याएका छन् । उक्त पुस्तकको यो लेखाईले अन्य पाठक वर्गमा भ्रम सिर्जना गरेको देखिन्छ । यस पुस्ततको त्रुटिबाट जनमानसमा कौतुहलता पैदा भैरहेको हुन्छ । वास्तवमा महागुरु फाल्गुनन्दको बाल्यकालको नाममा विवाद भएको कही देखिदैन । भएको पनि छैन । लेखक महोदय मधुसुदन पाण्डेयले यो कुरा राम्ररी बुझि दिन प¥यो । किनभने उक्त पुस्तकमा अनावश्यक शब्दको प्रयोगमा ल्याएको अन्योलतालाई यहाँ स्पष्ट गर्ने काम भएको छ ।

सत्य के हो भने वि.स. १९४२ कार्तिक २५ गते आइतबारको दिन इलाम जिल्ला अन्तर्गत साविक इभाङ गा.वि.स. वडा नंं. ८ चुक्चिनाम्बामा पिता जगनवाज लिङ्देन र माता हंसमतिको कोखबाट साइला सुपुत्र महागुरु फाल्गुनन्दको जन्म भएको थियो । ज्योतिषीले राखेको नाम नरध्वज भए तापनि बाल्यअवस्थामा बिरामी भएको कारणले त्यस बेलाको गाउँले संस्कार अनुसार फलामको चुरा र कल्ली लगाई दिएको कारणले फलामसिंह नाम रहन गएको हो । यो यथार्थतालाई विवादमा ल्याएको भन्नु दुःखद कुरा हो । किनभने विश्व प्रसिद्ध व्यक्तिहरुको नाम दुई या तीन वटा भएको कैयौं उदाहरण छन् । अध्ययन गर्न पर्ने आवश्यक देखिन्छ ।

उदाहरणको रुपमा हेरौं । विश्व प्रसिद्ध ब्रिटिश लेखक लुइसक्यारोलको खास नाम चाल्र्स लुटविज डाज्सन हो भने इटलीका प्रसिद्ध इतिहासकार लिभिको खासनाम टाइटस लिभिस हो । यसरी नै भारतको महान समाज सेविका मदर टेरेसाका खासनाम एगनेस गोनसका कोजाक्सिहट हो । यसरी भारतीय प्रसिद्ध उपन्यासकार प्रेम चन्द्रको पनि खास नाम धनपत राय हो भने भारतका राष्ट्रपिता महात्मा गान्धीको खास नाम मोहनदास करमचन्द गान्धी हो । जसलाई बापू पनि भनिन्थ्यो । अतः यहाँ उल्लेख भएका दुई या तीनवटा नाममा विवादका कुरा आएको देखिदैन भने नरध्वज र फलामसिंहको नाममा विवाद आएको छ भन्नु लेखक महोदयले महागुरु फाल्गुनन्दको बारेमा स्पष्ट नबुझेको देखिन्छ ।

यहि क्रममा उक्त पुस्तकमा लेखिएका महागुरु फाल्गुनन्दको बारे केही कुरा सत्य भए पनि अधिकांश कुराहरुमा सत्यता छैन । किनभने महागुरु फाल्गुनन्दले आफ्नो जीवनकालमा भए गरेका समाज सुधारका कुराहरु दैवी शक्तिका कुराहरु एवं मूल्य मान्यताका कुराहरु उल्लेख नगरी केवल सम्प्रदायिक भावनालाई प्रोत्साहित गरेको देखिन्छ । किनभने पुस्तकको अन्तिममा लेखिएको छ—“फाल्गुनन्दलाई किरात भाषामा ‘मुहिङगुम अङसीमाङ’ भनिन्छ । उनी लिम्बूहरुको महागुरु हुन् ।” यो कुराले राईहरु र लिम्बूहरु बीच द्वन्द्व उत्पन्न हुने देखिन्छ । र हामीहरु वीचको सुमधुर सम्बन्ध पनि बिग्रन सक्दछ । यतिखेर महागुरु फाल्गुनन्दको सिवाखाहुन र वर्तमान धर्मगुरु लिङ्देन आत्मानन्द ‘सेइङ्’ ज्यूको नीति निर्देशन बमोजिम राईहरु र लिम्बूहरु एकजुट भई किरात धर्मलाई सगरमाथाको उचाईमा पु¥याउने अवस्थामा “महागुरु फाल्गुनन्दलाई लिम्बूहरुको महागुरु हुन” भन्नु महागुरुप्रति राईहरुले गरेको सेवा त्यागको मुल्याङ्कन नहुने हो त । यो कुरा वर्तमान समयमा चुनौतिको विषय हुन आएको छ ।

यसरी ‘महागुरु फाल्गुनन्द लिम्बूहरुको महागुरु हुन’ भन्ने कुरामा हामी राईहरु बीच खैलाबलो हुन स्वाभाविक हो । किनभने यस भन्दा अघि पनि केही लिम्बू लेखहरुले किरात धर्मलाई युमा धर्म । किरात लिपिलाई लिम्बू लिपि भनेर विवादमा नल्याएको होइन । अतः यहि कुरालाई प्रष्टयाई गर्न उक्त पुस्तकमा ‘लिम्बू’ शब्द बढी प्रयोग भएको देखिन्छ । वास्तमा हामी राईहरुले पनि कैयौं वर्ष दखि फाल्गुनन्दलाई ‘महागुरु’ र लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूलाई धर्मगुरुको रुपमा पुजनीय दृष्टिले हेरिरहेका छौं । मानी रहेका छौं । किनभने ‘महागुरु’ र ‘धर्मगुरु’ हामी राईहरु र लिम्बूहरुको साझा गुरु सम्झेका छौं । हाम्रो विशेषता यहि हो ।

अब फेरि एउटा कुरा लेख्न आवश्यक ठान्दछु । उक्त पुस्तकमा महागुरु फाल्गुनन्दको मृत्यु वि.सं. २००५ मा भएको लेखिएको देखिन्छ । कहाँ कुन मितिमा मृत्यु भयो । स्पष्ट देखिन्दैन । यसले पाठकवर्गमा अन्योलता आएको देखिन्छ । जिज्ञासा उत्पन्न भएको देखिन्छ । तसर्थ महागुरु फाल्गुनन्दको मृत्यु वि.स. २००५ साल चैत २२ गते मेची अञ्चल पाँचथर जिल्लाको हाङयक भन्ने ठाउँमा ६३ वर्षको उमेरमा भएको हो भनी उक्त पुस्तकका लेखक महोदयलाई यसै लेखद्वारा जानकारी गराउन चाहान्छु । र महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ मा मात्र लेखिएको हुँदा कुन ठाउँ कुन मितिमा भएको हो यस लेखको शुरुमा उल्लेख गरेको छु ।

अन्त्यमा, उक्त पुस्तकका लेखक महोदय मधुसुदन पाण्डेयले लेखकीय प्रतिभाको उपयोग गर्न नसकेको देखिन्छ । कि त वौद्धिक बेइमानी भएको हो । वास्तविकता भित्रको सत्यलाई विर्सेको पाइन्छ । यो सत्यतालाई विर्सन हुँदैन । वास्तवमा अहिलेका व्यक्तित्व र सामाग्रीहरु भोलिको निम्ति इतिहासका आधारमा बन्न सक्दछ । तसर्थ कसैको जिवनी लेख्दा बुझेर विवाद रहित लेख्नु पर्दछ । तर यहाँ हुन सकेन । किनभने वि.सं. २०६६ साल मंसिर १६ गतेका दिन राज्यबाट महागुरु फाल्गुनन्दलाई ‘१६औं राष्ट्रिय विभूति’ घोषणा भई सकेको कुरा सर्वत्र चर्चामा आईसकेको देखिन्छ । तर लेखक महोदय मधुसुदन पाण्डेयले वि.सं. २०७५ सालमा लेखेको पुस्तकमा ‘महागुरु फाल्गुनन्द’लाई ‘राष्ट्रिय विभूति’ किन लेख्न सक्नु भएन ? र ‘राष्ट्रिय विभूति’ लेख्न किन कन्जुस्याई गर्नुभयो ? सायद सोच र अनुभवको कमि भएकै हुन त ।

तर त्यसै पुस्तकमा व्यक्ति परिचयको क्रममा अमरसिंह थापा अंशुवर्मा, अरनीको, पासाङल्हमु शेर्पा, बलभद्र कुँवर, सीता भृकुटी, भानुभक्त आचार्य, भिमसेन थापा, मोतिराम भट्ट, शंखधर आदिलाई ‘राष्ट्रिय विभूति’ उल्लेख गरेका छन् । यसै क्रममा महागुरु फाल्गुनन्दलाई ‘राष्ट्रिय विभूति’ नलेखिनु दुःखद कुरा भएको छ । किनभने पुस्तक लेख्दा अपनाइने सत्यता सन्तुलन र विश्वसनीय जस्ता कुराको विल्कुलै अभाव भएको देखिन्छ । अब भविष्यमा यस्ता सान्दर्भिक विषयहरुमा भूलत्रुटि नहोस् । आज यति नै । (लुङा पत्रिकाबाट)

सुर्योदय–३, कुटेबुङ, इलाम

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;