१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सन्दर्भमा

 लिम्बुवान न्युज
                       

  • देवदास राई

“पुस्तकको मूल्य रत्न भन्दा पनि धेरै छ किनकि रत्नले बाहिर चमक दमक देखाउँछ । तर पुस्तकले अन्तःकरणलाई उज्वल बनाउँछ ।” महात्मा गान्धीको यो भनाईलाई परमसत्य सम्झेर पुस्तक पढ्छु–किनेर पढ्छु । यसै क्रममा वि.स. २०७६ साल कार्तिक २३ गतेका दिन काठमाडौं भोटाहिटीको रत्न पुस्तक भण्डारबाट एउटा पुस्तक किने । पुस्तकको नाम थियो– “विश्व प्रसिद्ध व्यक्तित्वहरु (ध्इच्ीम् ँब्ःइग्क् एभ्च्क्इल्ब्ीक्ष्त्क्ष्भ्क्)” । सो पुस्तकमा नेपाल, भारत, चीन, जर्मन, जापान, बंगलादेश, अमेरिका लगायत ६९ देशका साहित्यकार, इतिहासकार, वैज्ञानिक, दार्शनिक, दार्शनिक, समाज सुधारक, कवि, नाटककार, उद्योगपति आविष्कारक एवं राजनीतिज्ञ आदिको संक्षिप्त परिचय उल्लेख भएको रहेछ । लेखक रहेछ–मधुसुदन पाण्डेय । अतः उक्त किनेका पुस्तक पढे–पढ्दै गएँ । पृष्ठ १७३ मा लेखिएको थियो ।

नामः महागुरु फाल्गुनन्द (किरात धर्मगुरु)
नामगरिकः नेपाली
जन्मः वि.सं. १९४२
मृत्युः २००५
विशेषताः महान उपदेशक

प्रारम्भमै लेखिएको छ “फाल्गुनन्दको जन्म पूर्वी नेपालको इलाम जिल्लामा भएको थियो । लिम्बू परिवारमा जन्मिएका थिए । यिनको बालयकालको नाम कसैले नरध्वज भन्दछन् त कसैले फलामसिंह भएको बताए र विवादमा ल्याएका छन् । उक्त पुस्तकको यो लेखाईले अन्य पाठक वर्गमा भ्रम सिर्जना गरेको देखिन्छ । यस पुस्ततको त्रुटिबाट जनमानसमा कौतुहलता पैदा भैरहेको हुन्छ । वास्तवमा महागुरु फाल्गुनन्दको बाल्यकालको नाममा विवाद भएको कही देखिदैन । भएको पनि छैन । लेखक महोदय मधुसुदन पाण्डेयले यो कुरा राम्ररी बुझि दिन प¥यो । किनभने उक्त पुस्तकमा अनावश्यक शब्दको प्रयोगमा ल्याएको अन्योलतालाई यहाँ स्पष्ट गर्ने काम भएको छ ।

सत्य के हो भने वि.स. १९४२ कार्तिक २५ गते आइतबारको दिन इलाम जिल्ला अन्तर्गत साविक इभाङ गा.वि.स. वडा नंं. ८ चुक्चिनाम्बामा पिता जगनवाज लिङ्देन र माता हंसमतिको कोखबाट साइला सुपुत्र महागुरु फाल्गुनन्दको जन्म भएको थियो । ज्योतिषीले राखेको नाम नरध्वज भए तापनि बाल्यअवस्थामा बिरामी भएको कारणले त्यस बेलाको गाउँले संस्कार अनुसार फलामको चुरा र कल्ली लगाई दिएको कारणले फलामसिंह नाम रहन गएको हो । यो यथार्थतालाई विवादमा ल्याएको भन्नु दुःखद कुरा हो । किनभने विश्व प्रसिद्ध व्यक्तिहरुको नाम दुई या तीन वटा भएको कैयौं उदाहरण छन् । अध्ययन गर्न पर्ने आवश्यक देखिन्छ ।

उदाहरणको रुपमा हेरौं । विश्व प्रसिद्ध ब्रिटिश लेखक लुइसक्यारोलको खास नाम चाल्र्स लुटविज डाज्सन हो भने इटलीका प्रसिद्ध इतिहासकार लिभिको खासनाम टाइटस लिभिस हो । यसरी नै भारतको महान समाज सेविका मदर टेरेसाका खासनाम एगनेस गोनसका कोजाक्सिहट हो । यसरी भारतीय प्रसिद्ध उपन्यासकार प्रेम चन्द्रको पनि खास नाम धनपत राय हो भने भारतका राष्ट्रपिता महात्मा गान्धीको खास नाम मोहनदास करमचन्द गान्धी हो । जसलाई बापू पनि भनिन्थ्यो । अतः यहाँ उल्लेख भएका दुई या तीनवटा नाममा विवादका कुरा आएको देखिदैन भने नरध्वज र फलामसिंहको नाममा विवाद आएको छ भन्नु लेखक महोदयले महागुरु फाल्गुनन्दको बारेमा स्पष्ट नबुझेको देखिन्छ ।

यहि क्रममा उक्त पुस्तकमा लेखिएका महागुरु फाल्गुनन्दको बारे केही कुरा सत्य भए पनि अधिकांश कुराहरुमा सत्यता छैन । किनभने महागुरु फाल्गुनन्दले आफ्नो जीवनकालमा भए गरेका समाज सुधारका कुराहरु दैवी शक्तिका कुराहरु एवं मूल्य मान्यताका कुराहरु उल्लेख नगरी केवल सम्प्रदायिक भावनालाई प्रोत्साहित गरेको देखिन्छ । किनभने पुस्तकको अन्तिममा लेखिएको छ—“फाल्गुनन्दलाई किरात भाषामा ‘मुहिङगुम अङसीमाङ’ भनिन्छ । उनी लिम्बूहरुको महागुरु हुन् ।” यो कुराले राईहरु र लिम्बूहरु बीच द्वन्द्व उत्पन्न हुने देखिन्छ । र हामीहरु वीचको सुमधुर सम्बन्ध पनि बिग्रन सक्दछ । यतिखेर महागुरु फाल्गुनन्दको सिवाखाहुन र वर्तमान धर्मगुरु लिङ्देन आत्मानन्द ‘सेइङ्’ ज्यूको नीति निर्देशन बमोजिम राईहरु र लिम्बूहरु एकजुट भई किरात धर्मलाई सगरमाथाको उचाईमा पु¥याउने अवस्थामा “महागुरु फाल्गुनन्दलाई लिम्बूहरुको महागुरु हुन” भन्नु महागुरुप्रति राईहरुले गरेको सेवा त्यागको मुल्याङ्कन नहुने हो त । यो कुरा वर्तमान समयमा चुनौतिको विषय हुन आएको छ ।

यसरी ‘महागुरु फाल्गुनन्द लिम्बूहरुको महागुरु हुन’ भन्ने कुरामा हामी राईहरु बीच खैलाबलो हुन स्वाभाविक हो । किनभने यस भन्दा अघि पनि केही लिम्बू लेखहरुले किरात धर्मलाई युमा धर्म । किरात लिपिलाई लिम्बू लिपि भनेर विवादमा नल्याएको होइन । अतः यहि कुरालाई प्रष्टयाई गर्न उक्त पुस्तकमा ‘लिम्बू’ शब्द बढी प्रयोग भएको देखिन्छ । वास्तमा हामी राईहरुले पनि कैयौं वर्ष दखि फाल्गुनन्दलाई ‘महागुरु’ र लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूलाई धर्मगुरुको रुपमा पुजनीय दृष्टिले हेरिरहेका छौं । मानी रहेका छौं । किनभने ‘महागुरु’ र ‘धर्मगुरु’ हामी राईहरु र लिम्बूहरुको साझा गुरु सम्झेका छौं । हाम्रो विशेषता यहि हो ।

अब फेरि एउटा कुरा लेख्न आवश्यक ठान्दछु । उक्त पुस्तकमा महागुरु फाल्गुनन्दको मृत्यु वि.सं. २००५ मा भएको लेखिएको देखिन्छ । कहाँ कुन मितिमा मृत्यु भयो । स्पष्ट देखिन्दैन । यसले पाठकवर्गमा अन्योलता आएको देखिन्छ । जिज्ञासा उत्पन्न भएको देखिन्छ । तसर्थ महागुरु फाल्गुनन्दको मृत्यु वि.स. २००५ साल चैत २२ गते मेची अञ्चल पाँचथर जिल्लाको हाङयक भन्ने ठाउँमा ६३ वर्षको उमेरमा भएको हो भनी उक्त पुस्तकका लेखक महोदयलाई यसै लेखद्वारा जानकारी गराउन चाहान्छु । र महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ मा मात्र लेखिएको हुँदा कुन ठाउँ कुन मितिमा भएको हो यस लेखको शुरुमा उल्लेख गरेको छु ।

अन्त्यमा, उक्त पुस्तकका लेखक महोदय मधुसुदन पाण्डेयले लेखकीय प्रतिभाको उपयोग गर्न नसकेको देखिन्छ । कि त वौद्धिक बेइमानी भएको हो । वास्तविकता भित्रको सत्यलाई विर्सेको पाइन्छ । यो सत्यतालाई विर्सन हुँदैन । वास्तवमा अहिलेका व्यक्तित्व र सामाग्रीहरु भोलिको निम्ति इतिहासका आधारमा बन्न सक्दछ । तसर्थ कसैको जिवनी लेख्दा बुझेर विवाद रहित लेख्नु पर्दछ । तर यहाँ हुन सकेन । किनभने वि.सं. २०६६ साल मंसिर १६ गतेका दिन राज्यबाट महागुरु फाल्गुनन्दलाई ‘१६औं राष्ट्रिय विभूति’ घोषणा भई सकेको कुरा सर्वत्र चर्चामा आईसकेको देखिन्छ । तर लेखक महोदय मधुसुदन पाण्डेयले वि.सं. २०७५ सालमा लेखेको पुस्तकमा ‘महागुरु फाल्गुनन्द’लाई ‘राष्ट्रिय विभूति’ किन लेख्न सक्नु भएन ? र ‘राष्ट्रिय विभूति’ लेख्न किन कन्जुस्याई गर्नुभयो ? सायद सोच र अनुभवको कमि भएकै हुन त ।

तर त्यसै पुस्तकमा व्यक्ति परिचयको क्रममा अमरसिंह थापा अंशुवर्मा, अरनीको, पासाङल्हमु शेर्पा, बलभद्र कुँवर, सीता भृकुटी, भानुभक्त आचार्य, भिमसेन थापा, मोतिराम भट्ट, शंखधर आदिलाई ‘राष्ट्रिय विभूति’ उल्लेख गरेका छन् । यसै क्रममा महागुरु फाल्गुनन्दलाई ‘राष्ट्रिय विभूति’ नलेखिनु दुःखद कुरा भएको छ । किनभने पुस्तक लेख्दा अपनाइने सत्यता सन्तुलन र विश्वसनीय जस्ता कुराको विल्कुलै अभाव भएको देखिन्छ । अब भविष्यमा यस्ता सान्दर्भिक विषयहरुमा भूलत्रुटि नहोस् । आज यति नै । (लुङा पत्रिकाबाट)

सुर्योदय–३, कुटेबुङ, इलाम

सम्बन्धित समाचार

आयोगले तोक्यो चुनाव खर्चको सीमा, कुन क्षेत्रमा कति ?

काठमाडौं, १७ असाेज । निर्वाचन आयोगले उआसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो, जसअननुसार मतदाताको संख्यालाई...

चुलाचुली लिम्बुवान अध्यक्षमा नरेन्द्र लेक्वा निर्वाचित

इलाम, सा.लि./संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय...

दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’काे विशेष प्रदर्शन

दमक । झापाको दमकमा निर्देशक यलम्बर खम्बुको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘थिम’को हाउसफुलका साथ विशेष प्रदर्शन सम्पन्न भएको छ । शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा चलचित्र ‘थिम’का निर्देशक यलम्बर खम्बु, चलचित्रका कलाकार, लेखक तथा...

जेष्ठ नागरीक दिबस तेह्रथुममा सम्मन्न

३२ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिबस आज विभिन्न कार्यक्रम सहित तेह्रथुमको सदरमुकाम म्याङलुङमा बजारमा सम्पन्न भएको छ । जेष्ठ नागरीक जिल्ला संघ तेह्रथुमको आयोजनामा भएको दिबसमा म्यङलुङको बस पार्कबाट र्यालि निकाली उधोग बाणिज्यको सभाहालमा पुगी...