लिम्बुवान मञ्चद्वारा प्रदेश १ का सामाजिक राज्यमन्त्री तुम्बाहाम्फेलाई सम्मान

,   लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, मोरङ। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ जिल्ला कार्य समितिले प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेलाई सम्मान गरेको छ । मञ्चको उपाध्यक्ष तथा प्रदेश १ का प्रदेशसभा सदस्य समेत रहेकी तुम्बाहाम्फे मञ्चको तर्फबाट गठबन्धन सरकारमा सहभागी भएकि हुन् ।

बुधबार पथरीशनिश्चरेस्थित सिरीजंगा धार्मिक बनमा मन्त्री तुम्बाहाम्फेलाई लिम्बुवान जिल्ला कार्य समितिले सम्मान गरेको हो । सम्मान कार्यक्रममा जिल्लाका नेताहरुले मन्त्री तुम्बाहाम्फेलाई खादा, माला र पुष्प गुच्छाले सम्मान गरेका थिए ।

जिल्ला अध्यक्ष जीवन खेवाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिंह नेम्बाङ, प्रान्तीय सचिवालय सदस्य दिलु लिङदेन लावती, केन्द्रीय सदस्यहरु रामहर्क खम्बु राई, धनप्रसाद सावा लगायत पहिचान सदस्य, जिल्लाका सबै पदाधिकारी एवम् विभिन्न पालिकाका नेताहरुको उपस्थिति रहेको थियो ।

यसअघि मन्त्री तुम्बाहाम्फेलाई गृह जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा जिल्लाको विर्तामोड र दमक त्यसैगरी लिम्बुवान जिल्ला कार्य समिति सुनसरीले विराटनगरमा नै सम्मान कार्यक्रम गरेको प्रशासकीय महासचिव अशोक चेम्जोङले लिम्बुवानखबरलाई बताएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;