आजबाट १२औं राष्ट्रिय जनगणना शुरु हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । नेपालमा आज २५ कार्तिक बिहीबारबाट मुलुकभर १२औं राष्ट्रिय जनगणना सुरु हुँदै छ ।

हरेक १०–१० वर्षमा गरिने जनगणना यस वर्ष २५ कार्तिक (आज)बाट सुरु भई ९ मंसिर अर्थात १५ दिनसम्म चल्ने छ । यस वर्षको जनगणनाका लागि नेपाल सरकारले ‘मेरो जनगणना मेरो सहभागिता’ नारा तय गरेको छ ।

केन्द्रीय तथ्यांक विभागको आधिकारिक साइटमा उल्लेख भए अनुसार आज बिहानसम्मको नेपालको जनसंख्या ३ करोड ५ लाख २३ हजार ४८ रहेको छ । यद्यपि जनगणना कार्य सम्पन्न गरी प्राप्त प्रतिवेदनपछि मात्रै नेपालको पछिल्लो आधिकारिक जनसंख्याको तथ्यांक सार्वजनिक हुनेछ ।

तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले आज बिहानबाट क्रमशः राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरुको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । १२औं राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत यसअघि नै पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेकाहरुको पारिवारिक विवरण लगायत व्यक्तिहरु समेतको विवरण संकलन गर्ने कार्य भने आजबाट १५ दिनसम्म हुने विभागले जनाएको छ ।

जनगणनाका क्रममा व्यक्तिगत विवरण संकलनका लागि देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।

पछिल्लो पटक चुचे नक्सा जारी गरेसँगै भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भने अनुमानित आधारमा मात्रै गणना गर्ने विभागको तयारी छ ।

भारतीय पक्षको अनुमति लिने बारे कुटनीतिक पहल भइरहेको तर गणना गर्न पाइने वा नपाइने बारे स्पष्ट नभएको विभागको भनाइ छ । नेपालमा वि.सं. १९६८ देखि हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । अहिले हुँदै गरेको जनगणना १२औं शृंखला हो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;