
फेदेन, लिम्बुवानखबर संवाददाता। ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहिवार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द÷संगीत र तारा लावतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
उक्त भिडियोको छायांकन पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाउँहरुमा गरिएको छ । माता पाथीभरा फिल्मस प्रा.लि. ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्माता किशोर सुब्बा रहेका छन् ।
सञ्जय आचार्यले छायांकन गरेको उक्त गीतको शृङ्गारमा अमृता जबेगु, प्रकाश संयोजन निस्चल आचार्य, ड्रोन अपरेटर फुङ्सो जबेगु र नृत्य निर्देशन निङ्वा नेम्बाङले गरेकी छन् ।

गीतमा मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाको अभिनय हेर्न पाइने छ । बिक्रम सम्बत २०५४ सालमा लिम्बू चलचित्र ‘आनि साक्थिम’ मा बाल कलाकारहरुको रुपमा देखिएका कलाकारलाई नै फेरि मोडलको रुपमा राख्न पाउँदा खुसी लागेको आनि साक्थिमका लेखक निर्देशक किशोर सुब्बाले बताए ।
Related