पहिचानवादी नेता खपाङ्गीका पत्नी विद्याको निधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता, २६ कार्तिक । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गोरेबहादुर खपाङ्गीका पत्नी विद्या खपाङ्गी मगरको निधन भएको छ ।

नेपाल मगर संघका अनुसार सोमबार ७२ वर्षको उमेरमा खपाङ्गी पत्नी मगरको निधन भएको हो । नेपालका नेल्सन मण्डेलाले सुपरिचित पहिचानवादी नेता, पूर्व मन्त्री एवम् नेपाल मगर संघका पूर्व अध्यक्ष साथै राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव स्व.गोरेबहादुर खपाङ्गी पत्नी मगर गोरेबहादुर खपाङ्गी फाउन्डेशनका संस्थापक संरक्षक एवम् नेपाल मगर संघको सल्लाहकार समेत थिइन् ।

उनको मङ्गलबार काठमाडौंस्थित पशुपतिनाथको आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मगरको निधनमा नेपाल मगर संघ र गोरेबहादुर खपाङ्गीले दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । फाउन्डेसनका अध्यक्ष हुमबहादुर पचभैया थापा मगर र नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगरले शोक सन्देश प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।

नेता गोरेबहादुर खपाङ्गीको निधन सन् २०१६ को अगष्ट २७ मा दुर्घटनामा परी उपचारका क्रममा भएको थियोे ।

सम्बन्धित समाचार

मंसिर २६ र २७ गते मध्ये पहाडी लोकमार्ग बन्द हुने: ओखलढुङ्गामा पक्राउ भएका नेता रिहा

काठमाडौं, २० मंसिर । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी लोकमार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवाघाटसम्म सडक बन्दको घोषणा गरेको छ । एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर...

फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई...

फालेलुङमा संघर्ष समिति र पहिचानका लागी युवा गठन

दमक, १९ मंसिर ।  पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ। पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय संयुक्त संघर्ष समिति र...

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो...