लिम्बुवान स्टडी अध्यक्षमा पुनः कुरुम्बाङ्

 लिम्बुवान न्युज
                       

पाँचथर, २६ कार्तिक । ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को शुक्रबार पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रममा पुनः दिलेन्द्र कुरुम्बाङ्लाई अध्यक्षमा निर्वाचित भएका छन् ।

फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलामा च्याप्टरका सल्लाहकार राजेन्द्रकुमार जबेगु, सागर केरुङ र लक्ष्मण लावतीले शुभकामना दिएका थिए ।

नवगठित समितिमा अध्यक्ष कुरुम्बाङसँगै उपाध्यक्ष श्याम नयन तुम्बापो, सचिव बिरेन्द्र थोक्लिहाङ, सहसचिव सबिन नेम्बाङ, कोषाध्यक्ष सुनिता केरुङ र सदस्यहरू शंकर आत्मा, मनकुमार तुम्रोक, सुबास नुनाम केरुङ, कमल हाङ्सरुम्बा रहेका छन् ।

विगत ४ बर्षयता सेन्टरले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । लिम्बुवानका विभिन्न पक्षहरुमाथी कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको निवर्तमान सचिव मधुराज केरुङ्ले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ को नाम “किरात, लिम्बुवान” राख्न माग

दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग  गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा  याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...