नयाँ सरकारले पुरानो निर्णयहरु पुनरावलोकन गर्छ : सामाजिक विकास मन्त्री यादव

 लिम्बुवान न्युज
                       

दमक, २६ कार्तिक । भीम आचार्य नेतृत्वको सरकारका पालामा भएका नियुक्ति र निर्णयहरु पुनरावलोकन गरिने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् ।

अघिल्लो सरकारका निर्णय र राजनीतिक नियुक्तिलगायत विषयहरु पूनरावलोकन गर्ने सैद्धान्तिक निर्णय नयाँ मन्त्रिपरिषद्ले गरिसकेको मन्त्री यादवको भनाइ थियो । यादवले भने –‘जे जस्ता नियुक्तिहरु भएका छन्, तिनको पुनरावलोकन गरिनेछ । असंवैधानिक नियुक्तिहरु बदर हुनेछन् ।

बिहीबार झापाको दमकमा समाजवादी विद्यार्थी युनियनको अगुवाईमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै यादवले भीम आचार्य मुख्यमन्त्री भएपछि राजनीतिक स्वार्थबाट प्रेरित भएर सबै बजेट बाँड्ने काम भएको भन्दै गठबन्धन सरकार बनेसँगै अब ती सबैमा पुनरावलोकन गरिने जानकारी दिए ।

समयावधि धेरै नरहे पनि आफूले प्रदेशका जनताको हितमा काम गर्ने र जनभावनाको सम्मान गर्ने यादवको भनाइ थियो । उनले सङ्घीयतालाई कार्यान्वयन गर्ने सवालमा वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

जसपा निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरुको अगुवाईमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङलगायत प्रदेशका नेता सहभागी थिए । विद्यार्थी नेता सुनिल राईले स्वागत गरेको कार्यक्रममा युवा र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;