लिम्बुवान मञ्च सुनसरी अध्यक्षमा पुनः इजम निर्वाचित

 लिम्बुवान न्युज
                       

धरान (विजयपुर), २६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार धरानको इजिराइडरस्थित सभाहलमा सम्पन्न अधिवेशनले पुनः अध्यक्षमा अम्बर(अमर) इजमलाई सर्वसहमतिमा निर्वाचित गरेको छ ।

त्यसैगरी सर्वसहमतिमा निर्वाचित कार्यसमितिमा अध्यक्ष इजमसँगै बरिष्ठ उपाध्यक्षमा पदम खेबाङ, उपाध्यक्षहरुमा देउमान लिम्बु, नरबहादुर लिम्बु, डम्बर थक्लुङ, सरस्वती सुब्बा, मोहम्मद ताहीर, दिलु सुब्बा राई, तिर्थराज मादेम्बा, राजकुमार वनेम र मनोहर थलङ् निर्वाचित भएका छन् । त्यसैगरी सचिवहरुमा निर्मल राई, पदम तामाङ्, कृष्टिना राई र अर्थसचिवमा मित्रप्रसाद पतङ्वा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा बुद्ध लिम्बु, निस्ता वनेम, राजेन्द्र लाबुङ्, प्रकाश लिम्बु इधिङगो, विकास राउत, जितमान थलङ, कृष्ण लिम्बु लिङदेन, रिना राई, दिलकुमार लिम्बु, दुर्गाधन राई, याम थलङ लिम्बु, दिल कुमार लाबुङ, शुरेन्द्र ईवा, राम चोङबाङ क्याक, हस्तमाया राई (लिम्बु), नानु लिम्बु, कमला लिम्बु, काजीमान खापुङ, सपना लिम्बु, सुर्य वनेम, कल्पना लिम्बु, रेखा गजमेर, जदुलाल पाल, रामकुमारी खापुङ, तेज वनेम, खेम खड्का, मनी साँबा लिम्बु, दिलकुमारी लिम्बु (लावती), इन्द्र पोमु, महेन्द्र सम्बाहाम्फे, सीता विश्वकर्मा, उदिप लिम्बु, नर्वदा लिम्बु, प्रेमराज कार्की, जीवन याक्खा, इन्द्र बहादुर मादेन, सरिता राई अधिकारी, विनोद केदेम रहेका छन् । यसैगरी राजेश अग्रवाल र लाल कुमार नाल्बोलाई जिल्ला सल्लाहकारमा मनोनित गरेको छ ।

मञ्चका संघीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख आतिथि कुमार लिङदेन मिराकले प्रदेश नं. १ को नामाकरण गर्दा संविधानलाई संसोधन गर्दै लिम्बुवान किरात खम्बुवान राख्नु पार्टीको एजेण्डा भएको हुँदा त्यसमा एक इन्च तलमाथि नभई माग पुरा नभए आन्दोलन गर्ने उद्घोष गरेका छन् । त्यसैगरी अध्यक्ष लिङदेनले नेकपा एमाले लगायत दलको चुनाव चिन्हमा बर्षौदेखि भोट लागउने सम्पूर्ण मतदाताहरुलाई अब खुकुरी चुनाव चिन्हमा मातदान गर्न आव्हान गरेका छन् । यसरी नै राष्ट्रिय जनगणनामा एकात्मकवादी राज्यसत्ताले षडयन्त्र गर्दै पूर्खाको भाषामा संस्कृत लेख्न निर्देशन गरेको प्रति कटाक्ष गर्दै सजक हुन सबै आदिवासी जनजाति लगायत पहिचानवादीहरुलाई अध्यक्ष लिङ्देनले आग्रह गरेका छन् ।

कार्यक्रममा प्रान्तीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवेको विशेष आतिथ्यता रहेको थियो । मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङले पार्टी संगठन सुदृढीकरण हुँदै अघि बढिरहेका हुँदा अब चुप लागेर नबस्न नेता कायकर्ताहरुलाई आग्रह गरेका थिए ।

त्यसैगरी मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावती, प्रान्तीय सचिवद्वय भुपेन्द्र सुन्दर लावती, विष्णुमाया थापा भट्टराई, सविचालय सदस्य तथा दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर, बलराम सदा र केदार पोख्रेल लगायत नेताहरुले आ–आफ्ना धारणा राख्दै निर्वाचित कार्य समितिलाई वधाई तथा शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी अन्तरपार्टी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत दलका प्रतिनिधिहरुले पनि उद्घाटनसत्रमा शुभकामना मन्तव्य राखेका थिए ।

धरान उपमहानगर समितिको अध्यक्षमा पुनः सञ्जुहाङ

आजै सम्पन्न संघीय लिम्बुवान मञ्च, धरान उपमहानगर कार्य समितिको तेस्रो अधिवेशनले पुनः सञ्जुहाङ लिम्बु साँबालाई पाँच बर्षको लागि अध्यक्षमा निर्वाचित गरेको छ ।

यसैगरी आजै नवगठित समिति उपाध्यक्षहरुमा मोहन तिगेला, अर्जुन खड्का, दिपक लावती, रामकुमारी मादेन लिम्बु, सचिवहरुमा ईश्वरी मगर, र गोपाल पालुङ्वा त्यसैगरी सह–सचिवहरुमा संगीता आलेमगर, धनशोर लिम्बु र अर्थसचिवमा ललित पालुङवा लिम्बु रहेका छन् । त्यसैगरी सदस्यहरुमा राजेश सुनुवार, रमेश राई, नरेन्द्र बराइली, भिम मगर, राजकुमार याक्खा, विनोद मिभक, अमर तुम्बाहाम्फे, सुक्रराज राई, दिला वनेम लिम्बु र चित्रानी लिम्बु रहेका छन् ।

नव निर्वाचित जिल्ला समिति र उपमहानगर समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि अध्यक्ष लिङदेनले मञ्चको विधान अनुसार सफतग्रहण गराएका छन् ।

संयुक्त रुपमा सम्पन्न जिल्ला र उपमहानगरको अधिवेशनको उद्घाटन सत्र सुनसरी जिल्ला अध्यक्ष अम्मर इजमको सभाध्यक्षमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य धरान उपमहानगरका उपाध्यक्ष मोहन तिगेलाको रहेको थियो । त्यसैगरी कार्यक्रमलाई जिल्लाका सचिव निर्मल राईले संचालन गरेका थिए ।

उद्घाटनसत्र पश्चात शुरु भएको बन्दसत्रले जिल्ला अध्यक्ष र नगर अध्यक्षले पेश गरेका सांगठनिक प्रतिवेदन उपस्थित प्रतिनिधिहरुबाट सर्वसहमतिमाले पास गरेका थिए ।

प्रान्तीय महासचिवद्वारा महाधिवेशनलाई ५० हजार प्रदान

संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय महासचिव अशोक चेम्जोङले संघीय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ५० हजार नगद सहयोग प्रदान गर्नुभएको छ । आजै सुनसरी जिल्ला र धरान उपमहानगर अधिवेशनका कार्यक्रममा अर्थ संयोजक एबी पन्धाकलाई अध्यक्ष सम्मुख महासचिव चेम्जोङले रकम हस्तान्तरण गरेका छन् ।

 

 

 

 

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...