दमक क्लिन पार्क निर्माण अन्योलमा

 लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

पूर्वी नेपालको विकास उन्मुख सहर दमक नगरपालिका,गौरादह नगरपालिका र कमल गाउँ पालिका को अन्दाजी २२०० बिघा जग्गा मा चीन सरकारको वान बेल्ट वान रोड (OBOR) परोआयोजना अन्तर्गत ६५ अर्ब रुपैयाँ मा बन्ने भनिएको दमक क्लिन पार्कको निर्माण कार्य अन्योलमा पर्ने देखिएको छ ।

पूर्वप्रधानमन्त्री के पी ओली को आफनै निर्वाचन क्षेत्रमा चीन सरकारको लगानीमा ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी जोन जिङपिङ ज्वाइन्ट कन्ट्रक्सनले निर्माण गर्ने भनी सिल्यान्यास समेत गरिएको दमक क्लिन पार्कको मुआब्जा विवादले पार्क को निर्माणमा समस्या देखिएको छ । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँ पालिकाका जग्गाधनीहरुको क्लिन पार्क निर्माण गरिने स्थानको जग्गाको मुआब्जा निर्धारण गर्न बनेको सर्वदलीय समितिको निर्णयलाई वेवास्था गरी हचुवा तरिकाले सरकारी मुआब्जा निर्धारण समितिले जग्गाको मुआब्जा निर्धारण गरेकोमा विरोध गरेका छन् ।

सङ्घर्ष समितिको अगुवाइमा प्रतिनिधि सभा सदस्य महिन्द्रा कुमारी लिम्बुको संयोजनमा सङ्घर्ष समितिका अध्यक्ष सहित सदस्यहरू, दलका प्रतिनिधि सहितको प्रतिनिधि मण्डलले २०७८ साल कार्तिक २६ गते झापा जिल्ला प्रशासन कार्यालय (CDO Office)मा गई झापाका प्रमुख जिल्ला अधिकारी लाई एक ज्ञापन पत्र बुझाएको छ । साथै सांसद लिम्बूले पीडितको आवाज सुन्न र सम्बोधन गर्न जिल्ला अधिकारीलाई अनुरोध गर्नु भएको छ । आफूहरुको करोडौंको जग्गा कौडीको भाउमा मूल्य निर्धारण गरिएको मा स्थानिय जग्गावाला हरु आन्दोलित भएका छन् । उनीहरूको बृहत भेलाले खगेन्द्र बहादुर भट्टराईको संयोजनमा एक सङ्घर्ष समिति नै गठन गरी सरकारका सरोकारवाला सबै निकायमा मुआब्जा वितरणको बारेमा ध्यान आकर्षण गराउँदै आएको छ ।

सरकारी मुआब्जा निर्धारण समितिले गरेको मुआब्जा हचुवा रहेको सङ्घर्ष समिति को तर्क र नजिर मालपोत कार्यालय र नगरपालिका को सम्पत्ति मूल्याङ्कनको करको दर बाटनै प्रष्ट देखिन्छ । नेपाल सरकारबाट तोकिएको न्युनतम रजिष्ट्रेशन मूल्याङ्कन भन्दा धेरै थोर मुआब्जा मूल्याङ्कन निर्धारण गरिएको पीडितहरुको भनाइ रहेको छ । मुआब्जा निर्धारण सरकारी समितिले निर्धारण गरेको जग्गाको हालको मूल्य निर्धारणमा ठूलो फरक देखिएको छ।दमक नगरपालिका भित्र प्रति बिघा रु २ लाखमा कही कतै पनि जग्गा पाउन नसकिने सङ्घर्ष समितिका सदस्य तथा स्थानीय युवा उद्यमी राजेन्द्र भण्डारीको भनाई रहेको छ । मुआब्जा निर्धारण समितिले तोकेको मापदण्ड अनुसार मुआब्जा बुझेमा एक समयका जग्गा मालिकहरू सुकुम्बासी बन्नेछन् भनी पीडितले चरणबद्ध आन्दोलन को कार्यक्रम गर्दै आएका छन् ।

पीडित हरुले यस अगाडि पनि पटक पटक सरोकार वाला सबै निकायमा आफ्नो माग सम्बोधन गराउन ध्यान आकर्षण गराएका छन् । उनीहरूले झापा जिल्ला प्रशासन कार्यालय, दमक मालपोत कार्यालय,नापी कार्यालय दमक, दमक नगरपालिका कार्यालय, औद्योगिक पार्क व्यावस्थापन लिमिटेड कार्यालय र दमकमा रहेका सबै राष्ट्रिय राजनैतिक पार्टीको कार्यालयमा आफ्नो समस्याको बारेमा बोल्दिन ध्यान आकर्षण गराउन ज्ञापन पत्र बुझाइ सकेका छन् ।

पीडितको आवाजको सुनुवाई सरकारको कुनैपनि निकायबाट अहिलेसम्म सम्बोधन नभएकोले पुन सङ्घर्ष समिति को आह्वानमा यही मिति २०७८ साल कार्तिक २६ गतेका दिन एक सर्वदलीय टोली ले झापा जिल्ला प्रशासन कार्यालय मा ध्यानाकर्षण पत्र बुझाएको छ । दमकमा रहेका प्राय सबै राजनैतिक पार्टीको साझा धारणा बनाउन सङ्घर्ष समितिले हालसम्म गरेको आफ्नो कार्यको बारेमा प्रष्ट पारी सकेको संयोजक भट्टराईको भनाई छ । स्थानीय सरकारले सङ्घर्ष समितिको मागको बारेमा वेवास्था गरेकोले दमकमा रहेका सबै सक्रिय राजनैतिक पार्टीहरुले सङ्घर्ष समितिलाई साथ दिने र पीडितलाई न्याय दिलाउन आ–आफनो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सङ्घर्ष समितिको आग्रहलाई स्वीकार गर्दै स्थानिय राजनैतिक पार्टी प्रतिनिधि हरुले क्लिन पार्क पीडित जनताको आवाजको सुनुवाई गर्दै स क्त रुपमा अगाडि बढन सुझाब दिएका छन् । पीडितहरु लाई न्याय दिलाउन सरकारको माथिल्लो निकायमा सम्म गएर ध्यान आकर्षण गराउन आफू सक्रिय हुने सांसद महिन्द्रा कुमारी सुब्बाले बताउनु भयो ।

आसन्न नेपाली कांग्रेसको महाधिवेशन पश्चात क्लिन पार्क पीडितको आवाजको सुनुवाईको लागि प्रधानमन्त्री सेर बहादुर देउवा लगायत सरोकार वाला सबै मन्त्रालयमा सङ्घर्ष समितिको पहलमा डेलिगेसनमा जाने सङ्घर्ष समितिका एक जिम्मेवार सदस्यको भनाइ रहेको छ । आगामी दिनमा दमक क्लिन पार्कको मुद्धा अझ कसिलो र पेचिलो बन्ने देखिन्छ । क्लिन पार्क पीडितहरुले आफूहरुबाट सस्तो मस्तो दरमा आफ्नो जग्गा क्लिन पार्कलाई दिलाएर भुमाफियाहरुले लाखौ लाख मुनाफा आर्जन गरेको सार्वजनिक भएबाट दमक क्लिन पार्कको भविष्य अन्योलमा परेको स्थानिय राजनैतिक दलका प्रमुख तथा बुद्धिजीवीहरुको ठम्याइ रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...