दमक क्लिन पार्क निर्माण अन्योलमा

 लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

पूर्वी नेपालको विकास उन्मुख सहर दमक नगरपालिका,गौरादह नगरपालिका र कमल गाउँ पालिका को अन्दाजी २२०० बिघा जग्गा मा चीन सरकारको वान बेल्ट वान रोड (OBOR) परोआयोजना अन्तर्गत ६५ अर्ब रुपैयाँ मा बन्ने भनिएको दमक क्लिन पार्कको निर्माण कार्य अन्योलमा पर्ने देखिएको छ ।

पूर्वप्रधानमन्त्री के पी ओली को आफनै निर्वाचन क्षेत्रमा चीन सरकारको लगानीमा ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी जोन जिङपिङ ज्वाइन्ट कन्ट्रक्सनले निर्माण गर्ने भनी सिल्यान्यास समेत गरिएको दमक क्लिन पार्कको मुआब्जा विवादले पार्क को निर्माणमा समस्या देखिएको छ । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँ पालिकाका जग्गाधनीहरुको क्लिन पार्क निर्माण गरिने स्थानको जग्गाको मुआब्जा निर्धारण गर्न बनेको सर्वदलीय समितिको निर्णयलाई वेवास्था गरी हचुवा तरिकाले सरकारी मुआब्जा निर्धारण समितिले जग्गाको मुआब्जा निर्धारण गरेकोमा विरोध गरेका छन् ।

सङ्घर्ष समितिको अगुवाइमा प्रतिनिधि सभा सदस्य महिन्द्रा कुमारी लिम्बुको संयोजनमा सङ्घर्ष समितिका अध्यक्ष सहित सदस्यहरू, दलका प्रतिनिधि सहितको प्रतिनिधि मण्डलले २०७८ साल कार्तिक २६ गते झापा जिल्ला प्रशासन कार्यालय (CDO Office)मा गई झापाका प्रमुख जिल्ला अधिकारी लाई एक ज्ञापन पत्र बुझाएको छ । साथै सांसद लिम्बूले पीडितको आवाज सुन्न र सम्बोधन गर्न जिल्ला अधिकारीलाई अनुरोध गर्नु भएको छ । आफूहरुको करोडौंको जग्गा कौडीको भाउमा मूल्य निर्धारण गरिएको मा स्थानिय जग्गावाला हरु आन्दोलित भएका छन् । उनीहरूको बृहत भेलाले खगेन्द्र बहादुर भट्टराईको संयोजनमा एक सङ्घर्ष समिति नै गठन गरी सरकारका सरोकारवाला सबै निकायमा मुआब्जा वितरणको बारेमा ध्यान आकर्षण गराउँदै आएको छ ।

सरकारी मुआब्जा निर्धारण समितिले गरेको मुआब्जा हचुवा रहेको सङ्घर्ष समिति को तर्क र नजिर मालपोत कार्यालय र नगरपालिका को सम्पत्ति मूल्याङ्कनको करको दर बाटनै प्रष्ट देखिन्छ । नेपाल सरकारबाट तोकिएको न्युनतम रजिष्ट्रेशन मूल्याङ्कन भन्दा धेरै थोर मुआब्जा मूल्याङ्कन निर्धारण गरिएको पीडितहरुको भनाइ रहेको छ । मुआब्जा निर्धारण सरकारी समितिले निर्धारण गरेको जग्गाको हालको मूल्य निर्धारणमा ठूलो फरक देखिएको छ।दमक नगरपालिका भित्र प्रति बिघा रु २ लाखमा कही कतै पनि जग्गा पाउन नसकिने सङ्घर्ष समितिका सदस्य तथा स्थानीय युवा उद्यमी राजेन्द्र भण्डारीको भनाई रहेको छ । मुआब्जा निर्धारण समितिले तोकेको मापदण्ड अनुसार मुआब्जा बुझेमा एक समयका जग्गा मालिकहरू सुकुम्बासी बन्नेछन् भनी पीडितले चरणबद्ध आन्दोलन को कार्यक्रम गर्दै आएका छन् ।

पीडित हरुले यस अगाडि पनि पटक पटक सरोकार वाला सबै निकायमा आफ्नो माग सम्बोधन गराउन ध्यान आकर्षण गराएका छन् । उनीहरूले झापा जिल्ला प्रशासन कार्यालय, दमक मालपोत कार्यालय,नापी कार्यालय दमक, दमक नगरपालिका कार्यालय, औद्योगिक पार्क व्यावस्थापन लिमिटेड कार्यालय र दमकमा रहेका सबै राष्ट्रिय राजनैतिक पार्टीको कार्यालयमा आफ्नो समस्याको बारेमा बोल्दिन ध्यान आकर्षण गराउन ज्ञापन पत्र बुझाइ सकेका छन् ।

पीडितको आवाजको सुनुवाई सरकारको कुनैपनि निकायबाट अहिलेसम्म सम्बोधन नभएकोले पुन सङ्घर्ष समिति को आह्वानमा यही मिति २०७८ साल कार्तिक २६ गतेका दिन एक सर्वदलीय टोली ले झापा जिल्ला प्रशासन कार्यालय मा ध्यानाकर्षण पत्र बुझाएको छ । दमकमा रहेका प्राय सबै राजनैतिक पार्टीको साझा धारणा बनाउन सङ्घर्ष समितिले हालसम्म गरेको आफ्नो कार्यको बारेमा प्रष्ट पारी सकेको संयोजक भट्टराईको भनाई छ । स्थानीय सरकारले सङ्घर्ष समितिको मागको बारेमा वेवास्था गरेकोले दमकमा रहेका सबै सक्रिय राजनैतिक पार्टीहरुले सङ्घर्ष समितिलाई साथ दिने र पीडितलाई न्याय दिलाउन आ–आफनो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सङ्घर्ष समितिको आग्रहलाई स्वीकार गर्दै स्थानिय राजनैतिक पार्टी प्रतिनिधि हरुले क्लिन पार्क पीडित जनताको आवाजको सुनुवाई गर्दै स क्त रुपमा अगाडि बढन सुझाब दिएका छन् । पीडितहरु लाई न्याय दिलाउन सरकारको माथिल्लो निकायमा सम्म गएर ध्यान आकर्षण गराउन आफू सक्रिय हुने सांसद महिन्द्रा कुमारी सुब्बाले बताउनु भयो ।

आसन्न नेपाली कांग्रेसको महाधिवेशन पश्चात क्लिन पार्क पीडितको आवाजको सुनुवाईको लागि प्रधानमन्त्री सेर बहादुर देउवा लगायत सरोकार वाला सबै मन्त्रालयमा सङ्घर्ष समितिको पहलमा डेलिगेसनमा जाने सङ्घर्ष समितिका एक जिम्मेवार सदस्यको भनाइ रहेको छ । आगामी दिनमा दमक क्लिन पार्कको मुद्धा अझ कसिलो र पेचिलो बन्ने देखिन्छ । क्लिन पार्क पीडितहरुले आफूहरुबाट सस्तो मस्तो दरमा आफ्नो जग्गा क्लिन पार्कलाई दिलाएर भुमाफियाहरुले लाखौ लाख मुनाफा आर्जन गरेको सार्वजनिक भएबाट दमक क्लिन पार्कको भविष्य अन्योलमा परेको स्थानिय राजनैतिक दलका प्रमुख तथा बुद्धिजीवीहरुको ठम्याइ रहेको छ ।

सम्बन्धित समाचार

पहिचान माग्दा थारुलाई जातीय आरोप लगाई जेल हालियोः रेशम चौधरी

काठमाडौं, २१ जेष्ठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारुहरुले आफ्नो परिचान माग्दा जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातीयवादी नभएको प्रष्ट पार्दै केही...

दिपेन्द्रराज तिम्सिनाको १०औं कृति “माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक

दमक, २१ जेष्ठ । मोरङ् पथरीका खोज अनुसन्धानकर्ता तथा लेखक दिपेन्द्रराज तिम्सिनाले आफ्नो १० औं कृति का”माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक गरेका छन् । सन् १९९० देखि नेपालीभाषी भुटानी शरणार्थीहरूको कारूणिक शरणार्थी जीवन भोगाइदेखि विश्वका विभिन्न देशहरूमा...

लिम्बु कथानक चलचित्र ‘जारी’ले आज मनाउँदै ५१औं दिन

जारीले कमाइ करिब १७ कराेड ग्रस कलेक्सन दमक, २० जेष्ठ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आज (शनिबार) प्रदर्शनको ५१औं दिन पूरा गर्दैछ । नयाँ बर्ष वैशाख १ गते देखि प्रदर्शनभएको जारी २०८०...

पक्राउ परेका २६ जनाको रिहाईः अनिश्चितकालीन आम हड्ताल फिर्ता

दमक, १६ जेष्ठ । शान्तिपूर्ण प्रदर्शनको क्रममा पक्राउ परेका २६ जना नेता कार्यकर्ताहरु विनाशर्त रिहाई भएका छन् । प्रदेश १ को नाम कोशी खारेजीको माग राख्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुलाई १४ गते प्रहरीले हिरासतमा लिएको थियो...