‘चिताङ्सिर’ लिम्बू गीतको भिडियो छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

फेदेन, पान्थर । सागर केरुङको शब्द संगीत रहेको लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ । गीतलाई पान्थरका चर्चित संगीतकार बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् ।

गायक विशाल केरुङ र गंगा फियाकको सुमधुर स्वरमा सजिएको उक्त गीतको छायांकन पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा गरिएको छ ।

यस गीतलाई छायांकन सञ्जय आचार्य, ड्रोन फुङ्सो जबेगु, नृत्य कोरियोग्राफ निङ्वा नेम्बाङ, शृङ्गार अमृता जबेगु, एरेन्ज मोनि ताम्लिङ र प्रकाश संयोजन निस्चल आचार्यले गरेका छन् ।

चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सागर केरुङ, सुक्मिता केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन् ।

यस म्युजिक भिडियोलाई याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा चाडै सार्वजनिक गरिने निर्देशक लिम्बुले बताए ।

गीतको लिङ्क – https://youtu.be/4cwO4inm_uE

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...