लिम्बुवान मञ्चको झापा अध्यक्षमा ५ जनाको दावी

 लिम्बुवान न्युज
                       

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले छैटौ जिल्ला अधिवेशन मंसीर २ गते बिर्तामोडमा हुने भएको छ । मञ्चले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अधिवेशन गर्ने बताएको हो ।

अधिवेशन सम्पन्न गर्नका लागि मञ्चले विभिन्न उपसमिति निर्माण गरेको जनाएको छ । मञ्चले आर्थिक उपसमितिको संयोजकमा अमित खम्बु्, सदस्यमा तिर्थराज पौडेल र बुद्धिमान तामाङ, स्टेज ब्यवस्थापन तथा अतिथि सत्कार संयोजकमा ज्वाला इम्बुङ, सदस्यमा नारायण तामाङ र शिबकुमार राई, प्रचारप्रसार÷जनपरिचालन÷यातायात ब्यवस्थापन संयोजकमा राजा आङथुपो, सदस्यमा विजय ठाडा मगर, कृष्णबहादुर सेन्दाङ, लीलानाथ आङदेम्बे, बिक्रम चेम्जोङ, अमर माबोहाङ र प्रताप निङलेखु रहेका छन् ।

अधिवेशन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सम्पन्न हुने जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले सम्मेलनमा जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा ५ नेताहरुले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । मञ्चको मंसीर २ गते हुने अधिवेशनमा अध्यक्ष पदका लागि हालका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ, उपाध्यक्ष अमित खम्बु, सचिब आङथुपो र सचिव तिर्थराज पौडेलले आ–आफ्नो उम्मेद्वारी पत्रकार सम्मेलनमै घोषणा गरेका छन् ।

अधिवेशनका लागि अनुमानित १० लाख खर्च हुने र उक्त खर्च जिल्लाभरका ७ हजार सदस्यबाट साथै विभिन्न संघ÷संस्थाबाट जुटाइने अध्यक्ष पन्धाकले बताए ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;