लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन हुने

 लिम्बुवान न्युज
                       

साउदी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ ।

आगामी मंसिर ३ गते नोभेम्बर १९ का दिन जुवेलस्थित अन्नपूर्ण रेष्टुरेन्टमा तेस्रो अधिवेशन हुने भएको मञ्चका संघीय सदस्य तथा साउदीका प्रमुख सल्लाहकार श्री यक्वाले बताए ।

मञ्चको संघीय अध्यक्ष कुमार लिङदेन मिराकले भर्जुअल जुम मार्फत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको समेत नेता यक्वाले लिम्बुवानखबर डटकमलाई जानकारी दिएका छन् ।

यसैगरी संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रसको दोस्रो अधिवेशन पनि मंसिर ३ गते नोभेम्बर १९ का दिननै हुने अन्तराष्ट्रिय प्रवास समन्वय मञ्चका संयोजक चन्द्रकुमार लिङ्देनले जनाएका छन् ।

 

सम्बन्धित समाचार

मंसिर २६ र २७ गते मध्ये पहाडी लोकमार्ग बन्द हुने: ओखलढुङ्गामा पक्राउ भएका नेता रिहा

काठमाडौं, २० मंसिर । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी लोकमार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवाघाटसम्म सडक बन्दको घोषणा गरेको छ । एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर...

फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई...

फालेलुङमा संघर्ष समिति र पहिचानका लागी युवा गठन

दमक, १९ मंसिर ।  पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ। पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय संयुक्त संघर्ष समिति र...

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो...