प्रदेश १ सरकारको राजनैतिक संयन्त्र कार्यदलमा लिम्बुवानबाट महासचिव चेम्जोङ्

,   लिम्बुवान न्युज
                       

विराटनगर, लिस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको तर्फबाट महासचिव अशोक चेम्जोङ् प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदलको सदस्य बनेका छन् ।

प्रदेश १ को पाँचदलीय गठबन्धनले सरकार संचालनमा सहजता होस् भन्नका लागि कार्यदल बनाएको हो । यसैगरी कार्यदलमा नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट सांसद रामचन्द्र तुम्बा रहेका छन् ।

प्रदेश १ मा सत्तारुढ पाँच दलीय गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्र बनेपछि उक्त कार्यदल बनाइएको महासचिव चेम्जोङ्ले बताए । संघमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनेको केही दिनपछि १ नम्बर प्रदेशमा पनि नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनेको हो ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;