लिम्बुवान मञ्च इलाम जिल्ला अधिवेशन मंसिर १ गते हुने

 लिम्बुवान न्युज
                       

दमक, झापा ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चौथो अधिवेशन १ दिन पर सरेकोछ । जिल्ला अध्यक्ष दिपक योङहाङका अनुसार नेकपा विप्लव समूहको आज मंगलबार देशव्यापी आमहड्तालका कारण १ दिन पर सारिएको बताए ।

कार्तिक ३० गते गर्ने भनिएको अधिवेशन जिल्लाबाट प्रतिनिधिहरु आउन समस्या भएको हुँदा अधिवेशन १ दिन पर सरेको हो । टाडाबाट आउने प्रतिनिधिहरु भने सदरमुकाम आउन थालेको अध्यक्ष योङहाङले लिम्बुवानखबरलाई जानकारी दिएका छन् । अधिवेशनमा सबै पालिका र जिल्ला समिति गरी २ सय ५० प्रतिनिधि हुने जनाइएको छ ।

कार्यक्रमको खुल्लासत्रलाई मञ्चका उपाध्यक्ष डुपछिरीङ काजी लेप्चा, डम्बर राई, महासचिव शान्ता योङहाङ लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष योङहाङले बताए ।

सम्बन्धित समाचार

मेची राजमार्ग ठप्पः भोलीदेखि ताप्लेजुङ् बजार अनिश्चितकालीन बन्द

दमक, १२ मंसिर । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ...

माङसेबुङ इक्ला सिजन २ का लागि ८ उत्कृष्ट प्रतियाेगी छानिए

दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक...

जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लावती सर्वसम्मत चुनिए

पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे,...

कोचिला अध्यक्षमा त्रिनारायण राजवंशी : तेह्रथुम अध्यक्षमा दिलबहादुर सोदेम्बा

दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...