दमकका राम थापा राप्रपा प्रदेश १ को अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक, लिम्बुवानखबर संवाददाता । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को अध्यक्षमा दमकका रामकुमार थापा निर्वाचित भएका छन् । दमकमा आज भएको निर्वाचनबाट दमक निवासी थापा निर्वाचित भएका हुन् ।

आफना प्रतिष्पर्धी भक्ति सिटौलालाई ३८ मतले पराजित गर्दै थापाले बिजयी बनेका हुन् । थापाले २७५ मत प्राप्त गरि विजयी भए भने सिटौलाले २३७ मत प्राप्त गरेका थिए । मतदानमा ५१२ मत सदर भएको थियो । निर्वाचित थापा पार्टीको वर्तमान प्रदेश अध्यक्ष पनि हुन् ।

थापालाई केन्द्रीय अध्यक्ष कमल थापाको सहयोग थियो भने सिटौलालाई महामन्त्री राजेन्द्र लिडदेन समूहको समर्थन रहेको थियो । पार्टीको पहिलो एकता प्रदेश अधिबेशनको खुल्लासत्र पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;