लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्यूजिक भिडियो सार्वजनिक
मङ्गलबार, ३० कार्तिक, २०७८ रातीको ११:०८ बजे,
लिम्बुवान न्युज
फेदेन, लिख संवाददाता । लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । गीतलाई सीता अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशानको रहेको छ । संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त आङ्देम्बे र सीता तुम्रोकको रहेको छ ।
सागर केरुङको निर्देशन रहेको उक्त गीतलाई निङ्वा नेम्बाङको नृत्य निर्देशन रहेको छ । अमृता जबेगुको शृङ्गार, सञ्जय आचार्यको छायांकन सम्पादन र निस्चल आचार्यको प्रकाश संयोजन रहेको छ ।
भिडियोमा सागर केरुङ, जेपि नेम्बाङ, निशाम तुम्बापो, सीता तुम्रोक, निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङ्को अभियन हेर्न सकिन्छ ।
दमक, १२ मंसिर । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ...
दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक...
पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे,...
दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२