लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्यूजिक भिडियो सार्वजनिक

,   लिम्बुवान न्युज
                       

फेदेन, लिख संवाददाता । लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । गीतलाई सीता अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशानको रहेको छ । संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त आङ्देम्बे र सीता तुम्रोकको रहेको छ ।

सागर केरुङको निर्देशन रहेको उक्त गीतलाई निङ्वा नेम्बाङको नृत्य निर्देशन रहेको छ । अमृता जबेगुको शृङ्गार, सञ्जय आचार्यको छायांकन सम्पादन र निस्चल आचार्यको प्रकाश संयोजन रहेको छ ।

भिडियोमा सागर केरुङ, जेपि नेम्बाङ, निशाम तुम्बापो, सीता तुम्रोक, निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङ्को अभियन हेर्न सकिन्छ ।

भिडियो लिङ्क हेर्नुहोस –

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;