अमित खम्बूद्वारा लिम्बुवान झापा अध्यक्षको लागि उम्मेद्धारी घोषणा

 लिम्बुवान न्युज
                       

दमक, लिख संवाददाता । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला उपाध्यक्ष अमित खम्बूले आसन्न छैठौं जिल्ला अधिवेशनको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

बुधबार १२ बुँदै प्रतिबद्धता सार्वजनिक गर्दै खम्बूले उम्मेद्वारी घोषणा गरेका हुन् ।

प्रत्यासी खम्बूले जिल्ला समितिलाई सबैको सहभागिता गराउँदै संगठनलाई एकता सद्भाव र निरन्तर चलायमान बनाउने बताएका छन् । आगामी तीन महिनाभित्र संगठनलाई क्षेत्र, प्रदेश, स्थानीय तह, वार्ड र टोलसम्म पु¥याउने । संगठनका सबै क्रियाकलापहरु अभिलेखिकरण गरेर लाने । अध्ययन र प्रशिक्षणमा नेताहरुलाई केन्द्रित गर्ने बताए ।

त्यसैगरी उनले आर्थिक स्रोत अध्ययन, परिचलन र संकलनलाई पार्दशिता बनाउने र सबै आयव्ययको लेखा समिति बनाई लेखापरीक्षण गर्ने । पार्टी केन्द्रको चार बर्षे कार्ययोजनालाई जिल्लाको तल्लो तहसम्म लागू गर्ने । पार्टीको सबै तहसँग समन्वय गरि चुनाव लक्षित कार्यक्रमहरु संचालन गर्ने । जिल्ला पार्टी कार्यालय स्थापना गरेर संगठन संचालनलाई व्यवस्थित बनाउने । राष्ट्रिय सहिद मनिल तामाङको पूर्णकदको शालिक निर्माणका लागि जग्गा व्यवस्थापन र शालिक निर्माणमा पहल गर्ने । पार्टीको विधान बमोजिमको जनवर्गीय संगठनहरु जिल्लामा व्यापक रुपमा विस्तार गर्ने ।

त्यसैगरी अध्यक्ष प्रत्यासी खम्बूले स्वरोजगार कार्यक्रमको अध्ययन र प्रोत्साहनका लागि जिल्लामा पहल गर्ने । विकृति विसंगीतको विरुद्ध सचेतना कार्यक्रमहरु संचालन गर्ने र भ्रष्टचार विरुद्धको खबरदारी कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

झापा जिल्लाको छैठौं जिल्ला अधिवेशनमा प्रत्यासी खम्बूसँगै चारजना नेताहरु बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ्, सचिव राजा आङथुपो र सचिव तिर्थ पौडेलले पनि अध्यक्षको प्रत्यासी भएको पत्रकार भेटघाटको क्रममा उद्घोष गरेका छन् ।

प्रत्यासी खम्बूका १२ बुँदे प्रतिबद्धता-पत्र

 

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...