अमित खम्बूद्वारा लिम्बुवान झापा अध्यक्षको लागि उम्मेद्धारी घोषणा

,   लिम्बुवान न्युज
                       

दमक, लिख संवाददाता । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला उपाध्यक्ष अमित खम्बूले आसन्न छैठौं जिल्ला अधिवेशनको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

बुधबार १२ बुँदै प्रतिबद्धता सार्वजनिक गर्दै खम्बूले उम्मेद्वारी घोषणा गरेका हुन् ।

प्रत्यासी खम्बूले जिल्ला समितिलाई सबैको सहभागिता गराउँदै संगठनलाई एकता सद्भाव र निरन्तर चलायमान बनाउने बताएका छन् । आगामी तीन महिनाभित्र संगठनलाई क्षेत्र, प्रदेश, स्थानीय तह, वार्ड र टोलसम्म पु¥याउने । संगठनका सबै क्रियाकलापहरु अभिलेखिकरण गरेर लाने । अध्ययन र प्रशिक्षणमा नेताहरुलाई केन्द्रित गर्ने बताए ।

त्यसैगरी उनले आर्थिक स्रोत अध्ययन, परिचलन र संकलनलाई पार्दशिता बनाउने र सबै आयव्ययको लेखा समिति बनाई लेखापरीक्षण गर्ने । पार्टी केन्द्रको चार बर्षे कार्ययोजनालाई जिल्लाको तल्लो तहसम्म लागू गर्ने । पार्टीको सबै तहसँग समन्वय गरि चुनाव लक्षित कार्यक्रमहरु संचालन गर्ने । जिल्ला पार्टी कार्यालय स्थापना गरेर संगठन संचालनलाई व्यवस्थित बनाउने । राष्ट्रिय सहिद मनिल तामाङको पूर्णकदको शालिक निर्माणका लागि जग्गा व्यवस्थापन र शालिक निर्माणमा पहल गर्ने । पार्टीको विधान बमोजिमको जनवर्गीय संगठनहरु जिल्लामा व्यापक रुपमा विस्तार गर्ने ।

त्यसैगरी अध्यक्ष प्रत्यासी खम्बूले स्वरोजगार कार्यक्रमको अध्ययन र प्रोत्साहनका लागि जिल्लामा पहल गर्ने । विकृति विसंगीतको विरुद्ध सचेतना कार्यक्रमहरु संचालन गर्ने र भ्रष्टचार विरुद्धको खबरदारी कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

झापा जिल्लाको छैठौं जिल्ला अधिवेशनमा प्रत्यासी खम्बूसँगै चारजना नेताहरु बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ्, सचिव राजा आङथुपो र सचिव तिर्थ पौडेलले पनि अध्यक्षको प्रत्यासी भएको पत्रकार भेटघाटको क्रममा उद्घोष गरेका छन् ।

प्रत्यासी खम्बूका १२ बुँदे प्रतिबद्धता-पत्र

 

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;