लिम्बुवान मञ्च इलामको अध्यक्षमा विपीन योङया निर्वाचित

 लिम्बुवान न्युज
                       

इलाम बजार, १ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति इलामको तेस्रो अधिवेशनको खुल्ला सत्र इलामको गौतमबुद्ध सभाहलमा शुरु भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष डुपछिरीङ काजीको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको बन्दसत्रले विपीन योङयाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

बुधबार सम्पन्न अधिवेशनले योङयाको अध्यक्षतमा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । निर्वाचित कार्य समितिको उपाध्यक्षमा फूलकुमार सेर्मा, विरेन सम्बाहाम्फे, सनबहादुर योङहाङ, पूर्ण फत्र निर्वाचित भएका छन् । त्यसैगरी समितिको सचिवहरुमा अम्बिका योङहाङ, जित कुमार मुखिया र राजन लिम्बु निर्वाचित भएका छन् भने अर्थसचिवमा सम्झना लावती पनुः निर्वाचित भएकी छन् । त्यसैगरी सचिवालय सदस्यहरुमा सीता लावती, विर बहादुर सेर्मा, प्रेमसिं थेगिम, दुर्गा देगिम, प्रसान्त राई, टंक बहादुर नुगो, सुस्मा फागो निर्वाचित भएका छन् ।

यसरी नै जिल्ला कार्य समिति सदस्यहरुमा टिकानाथ भट्टराई, धनराज योङहाङ, दुर्गासिं योङया, सन्त कुमार राई, लाल बहादुर चाम्लिङ, केहेर सिं लावती, रमेश फत्र, सन्तोष इवा, शिव केरुङ, सन्जीव मगर, विरेन थेवे, अमित चेम्जोङ, बालछिरिङ लेप्चा, फाल्गुनन्द योङहाङ र विष्णु कुरुम्फङ निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष काजीले नवनिर्वाचित समितिलाई विधान अनुसार सफत गराउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् । यसैगरी मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङ, उपमहासचिव दिलकुमार लावती, संघीय सचिवालय सदस्य हेम बहादुर लिम्बु, सुख बहादुर थेगिम, प्रान्तीय सदस्यहरु सन्तोष तुम्बापो, कुमार तुम्बापो, गोविन्द योङहाङ, राम नुगो लगायत नेताज्यूहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका छन् ।

कार्यक्रममा इलाम जिल्ला अध्यक्ष दिपक योङहाङको अध्यक्षतामा रहेको छ भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष विरेन सम्बाहाम्फेको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई जिल्ला सचिव अम्बिका योङहाङले संचालन गरेका छन् । कार्यक्रममा जिल्लाको सबै पालिकाहरुबाट दुईसय प्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रतिनिधिमूलक उपस्थिति रहेको अधिवेशनमा लिम्बु जातीहरुको केलाङ र सांगीतिक कोशेली समेत पस्केका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...