पहिचान आन्दोलन निरन्तर अघि बढिरहेको छ – अध्यक्ष लिङदेन

,   लिम्बुवान न्युज
                       

विर्तामोड, २ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले ‘पहिचान आन्दोलन निरन्तर अघि बढिरहेको थाकेको छैन ।’ संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्लाको छैठौं जिल्ला अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि लोकतान्त्रिक पार्टीको रुपमा स्थापित पार्टी भएको बताउँदै अध्यक्ष लिङदेनले अबका पाँच बर्षभित्र पहिचानको आन्दोलनलाई स्थापित गर्ने जिकीर गरेका छन् । लिम्बुवान आन्दोलन बचाउनलाई मञ्चलाई सहकार्य, समन्वय र सहमतिमा अघि बढ्न आग्रह गरेका छन् ।

कार्यक्रमलाई विशिष्ट अतिथि बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुहाङ्, देउकुमार निङलेखु, संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, प्रान्तीय महासचिव अशोक चेम्जोङ, शान्ता योङहाङ, थाङसाङ लावती, उपमहासचिव भानु भट्टराई, दिलकुमार लावती, प्रान्तीय सचिवहरु लावाहाङ चेम्जोङ, मोहन बेघा नाम्सा, धनराज सुब्बा, विष्णुमाया थापा भट्टराई, सचिवालय सदस्य भिम सुनुवार, भक्त मेन्याङबो, हेम चवेगु, दिलु लिङदेन लगायत केन्द्रीय नेताहरुले अधिवेशनलाई शुभकामना मन्तव्य दिर्दै बन्दसत्रबाट चुस्त दुस्त नयाँ नेतृत्व चयन होस् भन्ने शुभकामना मन्तव्य राखेका छन् ।

कार्यक्रममा प्रान्तीय सदस्यहरु, पहिचान सदस्यहरु, मोरङ, पान्थर, ताप्लेजुङ लगायतका जिल्ला अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष धनबहादुर पन्धाकको सभाध्यक्षतामा भएको उद्घाटनसत्र कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई राखेका छन् भने कार्यक्रमको संचालन जिल्ला सचिव राजा आङथुपोको रहेको छ ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;