नेपाली कांग्रेस झापा ५ प्रदेशसभा(ख)को सभापतिमा केसी निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक, ३ मंसीर । नेपाली कांग्रेस झापा क्षेत्र न. ५ अन्तर्गत प्रदेश सभा ( ख )को सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । आज साँझ सम्पन्न निर्वाचन मतपरिणाम अनुसार न्यौपानेले २३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्धन्दी चुडेन्द्र कुमार खडकाले १३६ मत प्राप्त गरेका थिए ।

यसैगरि दुई उपसभापतिमा हरि प्रसाद अधिकारी (१९७) र सुरेन्द्र बहादुर कटुवाल (१७६ ) बिजयी भए । उपसभापतिका प्रत्यासीद्धय कृष्ण बहादुर धिमाल (१६२ ) र गणेशबहादुर बुढाथोकीले १७३ मत प्राप्त गरे ।

यसैगरि,सचिवद्धयमा देबेन्द्र राज आङ्गदेम्बे (२२२ ) र तोयानाथ चापागाईंले (२०२ ) मत ल्याएर निर्वाचित भए । सचिवका प्रत्यासीद्धय फडिन्द्र गडतौला (१३९ ) र बिदुर भारतीले (९८ ) मत प्राप्त गरे ।

यसैगरि सहसचिवद्धयमा सोमनाथ घिमिरे (२०९) र पुनम बजगाँई संग्रौला (१९७) विजयी भए । सहसचिवका प्रत्यासीद्धय कविता उप्रेती भट्टराई (१२१),गोमा नेपाल (१५३)ले मत प्राप्त गरेका थिए । प्रदेश प्रतिनिधिहरुको भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;