सिक्किममा चासोक तङनामसँगै याक्थुङ आईडलको फाइनल हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो डिसेम्बर १० देखी १२ तारिखसम्म लिम्बु समुदायले छैटौ चासोक तङनाम उल्लासका साथ मनाउने तयारी भएको बताइएको छ ।

यसपटक पनि नियारा प्रोडक्शनले आयोजना गर्न लागेको चासोक तङनामको अवशरमा धेरै लिम्बु समुदायले मन पराएको याक्थुङ आईडल सिजन–१ को पनि फाईनल हुने नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बुले बताइन । लिम्बु गीत संगीतलाई विश्वसामु चिनाउनका लागी आयोजना गरिएको याक्थुङ आईडलको पहिलो र दोस्रो अडिसन सिक्किममा सम्पन्न भईसकेको छ ।

कार्यक्रममा नेपाली तथा सिक्किमे गायक गायिकाकोे भाषिक तथा लिम्बु मौलिकताजन्य प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकारहरुले प्रत्येक दिन याक्थुङ साम्लो, हाक्पारे, पालाम साम्लो, ख्याली लगायत नेपाली गीतहरु पनि गाउने कार्यक्रम तय भएको छ ।

पुर्व सिक्किम, दार्जि्िलङ, कालिम्पोङ, वेस्ट वंगाल लगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बु, तुतु तुम्याङ, थाङबेन, मेन्छिङ, वालक, वृद्ध तरुणहरुको सहभागिता रहने सो कार्यक्रममा लिम्बुहरुको मौलिक नृत्य प्रतियोगिता, मौलिक खेलहरु, केःलाङ, हाक्पारे साम्लो, ख्याली साम्लो, थाक्थुङ जातिय खानाको स्टल र सांस्कृतिक महत्व तथा चिनारी बोकेका सामाग्रीहरुको प्रदर्शन हुने भएको छ ।

सिक्किममा जन्मेर आफ्नौ मौलिक लिम्बु सस्कृतीलाई जगेर्णा गर्ने र युवापुस्तामा पनि आफ्नोपन र जातिय बिषेशताको दृष्टबोध गराउने उदेस्यले प्रत्येक साल कार्यक्रमको आयोजना गर्ने गरिएको कार्यक्रम संयोजक नियारा ताम्लिङको भनाई छ ।

पछिल्लो समय अन्य सभ्यताको प्रभावले लिम्बु संस्कार तथा मौलिकतामा असर पुग्दै गएपनि सिक्किममा भने लिम्बुहरुको भाषा, लिपी, संस्कार, सस्कृति, रितिरिवाज, मौलिक परम्परा, रहन सहन सुरक्षित रहेको पाईन्छ । सिक्किम, दार्जि्िलङ, कालिम्पोङ लगायतका लिम्बु समुदायको बसोबास रहेको क्षेत्रमा चासोक तङनामको साथमा लिम्बुहरुको मौलिक चाड तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै आएको छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...